काठमाडौं । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवन भरतपुरकी लेखा अधिकृत अमृता कोइराला भ्रष्टाचारी ठहर भएकी छन् । अस्पतालको औषधि आपूर्तिकर्ता कम्पनी एप्लस मेडिकोलाई दिनुपर्ने रकम भुक्तानीका लागि घुस मागेकी कोइराला विशेष अदालबाट भ्रष्टाचारी ठरह भएकी हुन् ।
विशेष अदालतका न्यायाधीशहरू अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू न्यायाधीश तेजनारायण सिंह राई र न्यायाधीश रामबहादुर थापाको इजलासले अमृताले ६ लाख भ्रष्टाचार गरेको ठहर गरेको छ ।
"...निज प्रतिवादी अमृता कोइरालाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर गरेको देखिन आयो । तसर्थ सो कसुरमा निज प्रतिपदीलाई सोही ऐनको दफा ३ को उपदफा (१) अनुरूप विगोबमोजिम ६ लाख रुपैयाँ जरिवाना र सोही दफाको उपदफा (१) को खण्ड (ङ) बमोजिम एक वर्ष ६ महिना कैद हुने ठहर्छ," फैसलामा भनिएको छ ।