site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गुटगत झगडाले महेन्द्र मोरङमा नेविसंघ पराजित, क्रान्तिकारीका यादव निर्वाचित
Tiktok banner adTiktok banner ad

विराटनगर । गुटगत झगडाका कारण विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघ (नेविसंघ) पराजित भएको छ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा सभापति पदमा नेकपा (माओवादी केन्द्र)निकट अखिल क्रान्तिकारीका रोहित यादव विजयी भए ।

यादवले एक हजार ११८ मत प्राप्त गरे । उनी ४३ मतान्तरले स्ववियु सभापति निर्वाचित भएका हुन् ।

मोरङ क्याम्पसमा नेविसंघको संस्थापन र शेखर कोइराला पक्षबाट अलग–अलग प्यानल चुनावी मैदानमा थिए । यहाँ अघिल्लो निर्वाचनमा नेविसंघ विजयी भएको थियो । 

सभापति पदमा नेविसंघका प्रज्वलजंग विष्टले एक हजार ७५ मत पाए । यादव र विष्टको मतान्तर ४३ छ । अनेरास्ववियुका अनिश बोगटीले २३२ मत प्राप्त गरे । नेविसंघको कोइरालापक्षीय योगराज दाहालले ६० मत मात्र पाए ।

सचिव र कोषाध्यक्षमा नेविसंघका उमेदवार विजयी भए । सचिवमा निर्वाचित सुदीक्षा थापामगरले ७४१ मत ल्याइन । कोषाध्यक्षमा विजयी रोशनकुमार पासवानले ८९३ मत प्राप्त गरे ।

सचिव पदमा निकटतम प्रतिस्पर्धी समाजवादी विद्यार्थी युनियन नेपालका राकेशकुमार यादवले ५८८ मत पाए । कोषाध्यक्षमा अखिल क्रान्तिकारीका राजीव यादवले ८२७ मत ल्याए ।

स्ववियु निर्वाचनअन्तर्गत मंगलबार (चैत ५) भएको मतदानमा यहाँ दुई हजार ६३१ मत खसेको थियो । मतदाता संख्या पाँच हजार ९८४ थियो ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत ७, २०८१  ०९:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro