site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
संसद्‌मा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओली 
फाइल तस्बिर ।

काठमाडौं । संघीय संसद् प्रतिनिधिको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । 

बैठकमा आज प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ । सांसदहरूले गरेका प्रश्नको जवाफ प्रधानमन्त्री केपी शर्मा ओलीले दिने कार्यसूची रहेको छ । 

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम संसद् सदस्यहरूले सोधेका प्रश्नको जवाफ दिन लागेका हुन् । 

आजको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ मा दफावार छलफल र निर्णयका लागि प्रस्तुत गर्नेछन् । 

अर्थमन्त्री पौडेलले निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१ माथि दफावार छलफलका लागि प्रस्ताव प्रस्तुत गर्नेलगायत बैठकको कार्यसूची रहेको संसद् सचिवालयले बताएको छ । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, चैत ७, २०८१  ०६:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro