site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
स्ववियु निर्वाचन : पीएन क्याम्पसमा चैत १० मा मतदान

पोखरा । पृथ्वीनारायण क्याम्पस (पीएन)मा बुधबार मतदान नभएपछि बिहीबारको लागि तय भएको स्ववियु निर्वाचन अनिश्चित बन्न पुग्यो । मतपत्रमा त्रुटि भेटिएपछि बुधबार निर्वाचन समितिले नयाँ मतपत्र छपाइ गर्न थाल्यो । मतपत्र छपाइमा ढिला भएपछि बिहीबार बिहान ८ बजेदेखि मतदान सुरु हुने जानकारी विद्यार्थीहरूलाई गराइयो ।

बुधबारलाई मतदानको सूचना निकालेको निर्वाचन कमिटीले बेलुका भने मतदान अनिश्चित बनेको सूचना जारी गर्‍यो । किनभने, मंगलबार साँझ नै संयुक्त विद्यार्थी प्यानलसहित अखिल छैटौँले गेटमा तालाबन्दी गरे । निर्वाचनमा आचारसंहिता उल्लंघन भएका कारण तालाबन्दी गरिएको र नयाँ मिति तय हुनुपर्ने तथा आचारसंहिता पनि कडा गरिनुपर्ने माग उसले राख्यो ।

बुधबार मतदान नभएता पनि विद्यार्थी संगठन र निर्वाचन कमिटीबीच छलफल भयो । छलफलले अब १० गते मतदान गर्ने नयाँ मिति तय गरेको छ ।

बुधबार सर्वपक्षीय बैठकबाट १० गते निर्वाचन हुने मिति तय भएको निर्वाचन कमिटीले जारी गरेको सूचनामा भनिएको छ । १६ वर्षअघि सम्म विद्यार्थी संगठनले विभिन्न बहानामा निर्वाचन भाँड्ने काम गर्दै निर्वाचन स्थगित गराउँदा यसपटक भने विद्यार्थीहरू निर्वाचनको पक्षमा देखिए । यतिसम्म की उनीहरू अराजक गतिविधि नभइ एजेन्डा र विचारको आधारमा निर्वाचनमा होम्मिए ।

विद्यार्थीले निर्वाचन चाहे पनि मतदानका दिन मतपत्रमा प्रत्यक्ष तर्फको दोस्रो कोलममा रहेको अखिल (छैठौँ)को अध्यक्ष पदको उमेदवारको नामको पछाडि रेजा लगाउने कोठा नै छुटेपछि मतदान प्रक्रिया नै रोकिएको थियो ।

पीएनमा ६ संगठन र दुई स्वतन्त्र उमेदवार छन् । कमल सुवेदी र विप्लवी न्यौपानेले स्वतन्त्र उमेदवारी दिए भने, अखिल छैटौँबाट मिलन सुनार, प्राज्ञिक विद्यार्थी परिषद् नेपालबाट दिप्सन गुरुङ, अखिल क्रान्तिकारीबाट नविन अधिकारी, नेविसंघबाट सुशिल न्यौपानेको नेतृत्वमा उमेदवारी दर्ता भएको हो । अनेरास्ववियुबाट विष्णु पोखरेलले उमेदवारी दिए । अनेरास्ववियू, अखिल (क्रान्तिकारी) वैद्य, अखिल (क्रान्तिकारी) बहुमत र अखिल (समाजवादी)ले संयुक्त उमेदवारी दिएको हो । अखिल (समाजवादी) विप्लव समर्थित नेकपाको भातृ संगठन हो । संयुक्त मोर्चाबाट अनेरास्ववियूका सन्तोष पौडलले सभापतिमा मनोनयन दर्ता गरेका छन् ।

स्ववियु निर्वाचन समिति, क्याम्पस प्रशासन र निर्वाचनमा भाग लिएका विभिन्न संघ संगठन, प्यानल र स्वतन्त्र उमेदवारबीच भएको सर्वपक्षीय बैठकले रोकिएको निर्वाचन तुरुन्त गराउने निर्णय भएको निर्वाचन अधिकृत प्रा.डा. रामचन्द्र पोखरेलले जानकारी दिए । निर्वाचनको मौन अवधि आज राति १२ बजेदेखि लागु हुनेछ । यसअघिकै निर्वाचनका लागि कार्य क्षेत्रको जिम्मेवारी दिएका प्राध्यापक र कर्मचारीहरू यथास्थितिमा नै जिम्मेवारीमा रहने समेत निर्णय भएको पोखरेलले जानकारी दिए ।

 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, चैत ६, २०८१  २०:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro