site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
डब्लूआरसीमा स्वतन्त्र उमेदवार धामी विजयी

पोखरा । पोखराको पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस (डब्लूआरसी)मा दलगत विद्यार्थी संगठनका उमेदवारलाई हराउँदै स्वतन्त्र उमेदवार प्रकाश धामीले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा बाजी मारेका छन् ।

तनावका बीचमा बाक्लो सुरक्षाकर्मी परिचालन गरेर मंगलबार मतदान भएको थियो ।

क्याम्पसमा बुधबार मतदान गर्ने भनिएता पनि नेपाल विद्यार्थी संघले असहमति जनाउँदै अनशन र धर्ना गरिरहेको थियो ।

क्याम्पसको मुख्य द्वारमा तालाबन्दी गरेर विद्यार्थीलाई भित्र पस्नबाट वञ्चित गरिरहेपछि प्रहरी रोहबरमा पछाडिको गेटबाट विद्यार्थीहरूलाई मतदानको लागि पठाइएको थियो । यहाँ नेविसंघको तर्फबाट सचिवको उमेदवार थिएनन् । क्याम्पस प्रशासनले आफ्ना उमेदवारको मनोनयन नै नगरेको भन्दै नेविसंघले आपत्ति जनाउँदै आएको थियो । त्यसकै विरोधमा अनशन, धर्ना र टायर बाल्नेसम्मका गतिविधि भए ।

विरोधका बाबजुद भएको चुनावमा धामीले ७१६ मत ल्याएर अध्यक्षमा जिते । उनलाई विप्लव नेतृत्वको नेकपाको अखिल समाजवादीले समर्थन गरेको थियो ।

उनले एमालेनिकट अनेरास्ववियुका अनुप न्यौपाने, नेविसंघका सौगात पण्डित र अखिल क्रान्तिकारीका आदर्श महत क्षेत्रीलाई पराजित गरेका हुन् । न्यौपानेले ४४९, पण्डितले ३४६ र क्षेत्रीले १७८ मत प्राप्त गरे ।

सचिवमा अखिल क्रान्तिकारीका हरिकृष्ण खड्का ९२१ मत ल्याएर विजयी भए । खड्काले अनेरास्ववियुका विनायक भुवाजीलाई पराजित गरेका हुन् । भुवाजीले ७०४ मत ल्याए । कोषाध्यक्षमा भएको त्रिपक्षीय प्रतिस्पर्धामा पनि अखिल क्रान्तिकारीकै शसिस सापकोटा विजयी भए । उनले ६९९ मत ल्याउँदा अनेरास्ववियुका रोहितकुमार साहले ५८७ र नेविसंघका रस्मिता कुमारी झाले ३६६ मत ल्याइन् । सदस्यहरूमा भने अनेरास्ववियुका चार, नेविसंघका एक र क्रान्तिकारीका एक सदस्य निर्वाचित भएको निर्वाचन अधिकृत ई. दीपक थापाले जानकारी दिए ।

 

प्रकाशित मिति: बुधबार, चैत ६, २०८१  २०:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro