site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रिज्मा र सागरबीच भएको के हो ?

काठमाडौं । कलाकार प्रिज्मा खतिवडाले पटकपटक आफ्नो चरित्रहत्या गर्ने प्रयास भएको भन्दै कलाकार सागर लम्साल (बले) विरुद्ध प्रहरीमा निवेदन दिनुपरेको बताएकी छन् । आफ्नो फोटो, भिडियो प्रयोग नगर्न र अनावश्यक व्यंग्य नगरिदिन आग्रह गर्दा पनि सागरले नमानेपछि आफू कानुनी उपचार खोज्न बाध्य भएको उनको भनाइ छ ।

प्रिज्माले प्रहरीमा निवेदन दिएपछि सागरले आफूबाट गल्ती भएको भन्दै माफी मागेको र आउँदा दिनमा प्रिज्माको फोटो, भिडियो प्रयोग नगर्ने प्रतिबद्धता जनाएपछि प्रहरी कार्यालयमा मिलापत्र भएको थियो । प्रहरीको उपस्थितिमा भएको मिलापत्रको बेवास्ता गर्दै ६ महिनापछि पुनः सागरले चरित्रहत्या गर्ने गरी आफ्नो फोटो, भिडियो प्रयोग गर्न थालेको प्रिज्माको आरोप छ । 

उनका अनुसार, मिलापत्र गर्दा फोटो, भिडियो प्रयोग नगर्ने, चरित्र हत्या गर्ने गरी व्यंग्य नगर्ने, फ्यान पेजमार्फत अनावश्यक लाञ्छना नलगाउन सागरले सहमति जनाएका थिए । तर, ६ महिनापछि उनले आफूलाई फ्यान पेजमार्फत तनाव दिन थालेको प्रिज्माको गुनासो छ ।

सागरको पर्सनल फेसबुक एकाउन्ट र फ्यान पेज दुवैबाट आफ्नो फोटो भिडियो हटाउन आग्रह गरे पनि नमानेको प्रिज्मा बताउँछिन् । सागरको फ्यान पेज पनि उनी स्वयंले चलाउने र त्यसबाट आफूलाई मानसिक तनाव दिने खालका साम्रगी प्रयोग गर्ने गरेको उनको भनाइ छ । 

“कुन कपल (जोडी) राम्रो भनेर आफ्नो तस्बिरसँग मेरो तस्बिर राखेर फ्यान पेजमा राख्ने गरिएको छ । जब कि उहाँसँग मेरो त्यस्तो कुनै सम्बन्ध छैन,” उनले भनेकी छन् । 

एउटा अन्तर्वार्तामा क्रममा प्रिन्सी (बहिनी)लाई 'विगतको के कुराले भावुक बनाउँछ' भनेर सोधिएको प्रश्नमा उनी भावुक भएर रुँदा सँगै रहेकी प्रिज्मा (दिदी) पनि रोएपछि केही सञ्चारमाध्यममा त्यही तस्बिर राखेर प्रिज्मा र सागरको ब्रेकअप भयो भन्ने समाचार आएको उनी बताउँछिन् । त्यसमा कुनै सत्यता नहेको उनी प्रस्ट पार्छिन् ।

हास्य टेलिभिजन कार्यक्रम ‘कमेडी दरबार’ र त्यसअघि ‘आम्मा कसम यहाँ दुख्छ’ र ‘सक्किगोनि’मा आफूहरूलाई लक्षित गर्दै व्यंग्य गर्ने र लाञ्छाना लगाउने प्रयास भएको प्रिज्मा र प्रिन्सीको आरोप छ । 

‘कमेडी दरबार’मा आफूलाई चोट पुर्‍याउने 'क्लिप्स' हटाउन आग्रह गरे पनि निर्माणपक्षले नमानेपछि कानुनी कारबाहीका लागि अगाडि बढ्न बाध्य भएको प्रिज्माको भनाइ छ ।

उनले फागुन १८ गते जिल्ला प्रहरी परिसर काठमाडौंमा सागर लम्साल ‘बले’ र ‘कमेडी दरबार’ शोका सञ्चालकद्वय बिक्की अग्रवाल र श्रद्धा पसाईं अग्रवालविरुद्ध चरित्रहत्या गरेको भन्दै कानुनबमोजिम कारबाहीको माग गर्दै उजुरी दिइन् । 

‘कमेडी दरबार’को निर्माणपक्षसँग भने अहिले मिलापत्र भइसकेको छ । सागरसँग भने प्रिज्मा मिलापत्र नगर्ने पक्षमा छिन् ।

एकपटक भएको मिलापत्रविरुद्ध गएर सागरले पुनः आफ्नो चरित्रहत्या गरेको भन्दै अब कानुनी कारबाहीमै जाने उनले बताएकी छन् । बारम्बार एउटै कुरा दोहोरिने भएपछि अब फेरि पनि मिलापत्र गर्नुको अर्थ नरहने उनको भनाइ छ ।  

सागर र प्रिज्मा/प्रिन्सीले केही वर्ष अगाडिसम्म धेरै म्युजिक भिडियोमा सहकार्य गरेका थिए । उनीहरूले सँगै दर्जनौँ म्युजिक भिडियोमा अभिनय गरेका थिए ।

पछि सागरले म्युजिक भिडियो निर्देशक र निर्माताहरूलाई प्रिज्मा/प्रिन्सीलाई आफ्नो ‘प्रोजेक्ट’मा नलिन आग्रह गर्ने गरेको प्रिज्माले बताएकी छन् ।

“कसैले हामीलाई आफ्नो म्युजिक भिडियोमा लियो भने मोडेल चाहिँ राम्रो लिएनौँ भनेर भन्ने गरेको पनि सुन्यौँ,” उनले भनेकी छन्, “सायद उहाँ हामी अगाडि बढेको हेर्न चाहनुहुन्न थियो ।” 

प्रिज्माले आफू निर्दोष रहेको भन्दै आफ्नो चरित्रहत्या गर्ने प्रयास सागरले गरेको पर्याप्त प्रमाण आफूसँग रहेको उनले बताएकी छन् । आवश्यक परेको ठाउँमा सबै प्रमाण देखाउन आफू तयार रहेको पनि उनले प्रस्ट पारेकी छन् । 

सागरसँग कुनै पनि प्रोजेक्टमा काम नगर्ने निर्णय गरिसकेपछि पनि उनले सँगै काम गर्न आग्रह गरेको तर आफू अब उनीसँग कुनै पनि म्युजिक भिडियोमा काम नगर्ने उनको भनाइ छ । उनको व्यवाहारले सँगै काम गर्न नसकिने पनि प्रिज्माले बताएकी छन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत ६, २०८१  १६:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro