site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सर्वदलीय सरकार आवश्यक छैन, माओवादी प्रतिपक्षमै बस्दा व्यवस्था बलियो हुन्छ : डा. महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सर्वदलीय सरकार अहिले आवश्यक नरहेको बताएका छन् । संविधानविरुद्ध आवाज उठाउनेहरू परम्परावादीहरू मात्र भएको भन्दै उनले माओवादी प्रतिपक्षमा बस्दा नै अहिलेको व्यवस्थालाई सहयोग पुग्ने तर्क गरे । 

“सर्वदलीय सरकार बनाउने विषयमा कुनै चर्चा भएको छैन । हामीहरूको बैठकमा छलफल पनि भएको छैन,” पदाधिकारी र पूर्वपदाधिकारीको बैठकपछि महतले भने, “प्रतिपक्षमा रहेको माओवादी संविधानकै पक्ष हो । सरकारमा आउँदा संविधानको पक्षमा हुने र नआउँदा विपक्षमा हुने अवस्था छैन । त्यसैले राष्ट्रिय सहमति अहिले आवश्यक छैन ।”

डा. महतले प्रतिपक्षी गठबन्धनले गणतन्त्रका पक्षमा गर्ने प्रदर्शनमा सत्तापक्ष सहभागी नहुने बताए । भोलिका दिनमा आउने परिस्थितिअनुसार आवश्यक निर्णय गर्ने उनको भनाइ थियो । 

“उहाँहरूले गणतन्त्रका पक्षमा निर्णय गर्नुभएको छ । तर हामी अहिले प्रदर्शनमा निस्कने सोच र तयारीमा छैनौँ,” महतले भने, “भोलिका दिनमा आउने परिस्थितिअनुसार निर्णय हुन्छ ।”

प्रकाशित मिति: मंगलबार, चैत ५, २०८१  १८:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro