site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
‘परशु–कल्पना स्रष्टा सम्मान–२०८१’ रसिक र सापकोटालाई प्रदान

काठमाडौं । विशिष्ट आख्यानकार परशु प्रधानको स्मृतिमा स्थापित ‘परशु–कल्पना स्रष्टा सम्मान–२०८१’ अर्पण गरिएको छ । आख्यानकारहरू ध्रुव सापकोटा र गणेश रसिकलाई संयुक्तरूपमा सम्मान प्रदान गरिएको हो ।

मंगलबार नेपाल स्रष्टा समाज, केन्द्रीय समितिले काठमाडौंमा कार्यक्रम गरेर आख्यानकारद्वयलाई जनही ५० हजार १०१ रुपैयाँको राशिसहित सम्मानपत्र प्रदान गरेको हो ।

नेपाली साहित्यको आख्यान क्षेत्रमा पाँच दशकभन्दा बढी समयदेखि योगदान दिएबापत सापकोटा र रसिकलाई सम्मान अर्पण गरिएको हो ।

साहित्यकार पवन आलोकको संयोजकत्वमा गठित समितिले गरेको सम्मान सिफारिस समाजको कार्यसमिति बैठकले स्वीकृत गर्दै सापकोटा र रसिकलाई छनोट गरेको हो ।

कार्यक्रममा प्रा.डा. कृष्णप्रसाद दाहालले परशु प्रधान नेपाली साहित्यको बृहस्पति भएको बताए । प्रधान नेपाली साहित्यमा जता राखे पनि चम्किने साहित्यकार भएको उनको भनाइ छ ।

“उहाँले गाउँलाई साहित्यमार्फत सहरमा सुसूचित गर्ने काम गर्नुभयो । गाउँको जीवन काठमाडौंमा चिनाइदिनुभयो,” उनले भने, “उहाँको पदचाप पछ्याउँदै थुप्रै व्यक्ति साहित्यकार भएका छन् ।”

Parshu-Pradhan-(20)-1742296555.jpg

नेपाल स्रष्टा समाजका संरक्षक तथा पुरस्कार छनोट समितिका संयोजक पवन आलोकले आफू परशु प्रधानको प्रेरणाले साहित्यमा आएको बताए । भोजपुरको विद्यालयमा शिक्षक हुँदा नै प्रधानले आफूलाई साहित्यमा लाग्न प्रेरित गरेको उनले बताए ।

परशु–कल्पना स्रष्टा सम्मान स्थापना आफैँमा अनुकरणीय काम भएको भन्दै यस्तै काम अरूले पनि गर्नुपर्नेमा उनको जोड छ ।

उनले सम्मानका लागि धेरै नाम आए पनि योग्य साहित्यकार छनोट गरेर पठाएको पनि प्रस्ट पारे । उनले स्रष्टा समाजको स्थापना प्रधानको सल्लाह र अभिभावकत्वमा स्थापना भएको स्मरण गरे । 

साहित्यिक पत्रकार रोचक घिमिरेले प्रधानसँग आफ्नो चिनजान विसं. २०१८ सालबाट भएको स्मरण गरे । ‘रचना’ साहित्यिक पत्रिकामा प्रधानले भोजपुरबाट आफ्ना रचना पठाउने गरेको उनले सुनाए । 

“नेपाली साहित्यमा उहाँको महत्त्वपूर्ण योगदान छ । उहाँले आफूले त योगदान दिनुभयो नै । नयाँ प्रतिभालाई अघि सारेर साहित्यकार बनाउनमा पनि उहाँको ठूलो योगदान छ,” उनले भने ।

Parshu-Pradhan-(3)-1742296551.jpg
घिमिरेले नेपाली साहित्यको फाँटमा प्रधानको नाम कहिल्यै नमेटिने बताए । “उहाँको नाम झिकिदिने हो भने नेपाली आख्यान नै अपुरो हुन्छ,” घिमिरेले भने । 

सम्मान र पुरस्कारको सुरुआत योग्य पात्रबाट भएको बताउँदै उनले यसले निरन्तरता पाउनेमा विश्वास व्यक्त गरे । 

साहित्यिक पत्रकार नगेन्द्रराज शर्माले उचित व्यक्तिको नाममा रहेको पुरस्कार सही व्यक्तिले पाएको बताए । यस्ता पुरस्कार र छनोटले साहित्यकारलाई प्रेरणा मिल्ने भन्दै यसले निरन्तरता पाउनेमा विश्वास व्यक्त गरे । यस्ता सम्मान र पुरस्कार आवश्यक रहेको उनको भनाइ छ ।

Parshu-Pradhan-(2)-1742296550.jpg
नेपाल स्रस्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ (रोदन)ले परशु प्रधान अरूलाई पनि अगाडि सार्ने साहित्यकार भएको बताए । “उहाँले कस्तो सिर्जना गर्नुभयो, त्यो भनिरहनुपरेन । तर, आफूले सिर्जना मात्रै गर्नुभएन,” रोदनले भने, “उहाँले अगाडि सारेका प्रतिभा अहिले नेपाली साहित्यमा कुन स्थानमा छन् भनेर भनिरहनुपर्दैन ।” 

नेपाली साहित्यमा प्रधानले दर्जनौँ 'परशु प्रधान' जन्माएको उनले बताए । नयाँ साहित्यकार जन्माएको खण्डमा मात्रै नेपाली साहित्य विराट हुने सोच प्रधानमा रहेको उनले स्मरण गरे । 

Parshu-Pradhan-(4)-1742296551.jpg
उनले नेपाली साहित्यमा जतिसुकै ठूलो सुनामी आए पनि परशु प्रधानको नाम हल्लाउन नसक्ने बताए । उनले परशु प्रधानको आत्माले असन्तोष नगर्ने गरी यो सम्मान र पुरस्कारका लागि आगामी वर्षहरूमा साहित्यकार चयन गर्ने प्रतिबद्धता जनाए ।

परशु प्रधानका छोरासमेत रहेका बाह्रखरी मिडियाका प्रधानसम्पादक प्रतीक प्रधानले नेपाली साहित्यमा योगदान दिने सही व्यक्तिलाई सम्मान गर्ने प्रयास गरेको बताए । उनले उचित पात्रलाई पुरस्कार तथा सम्मान गर्न सके साहित्यकारलाई प्रेरणा हुने उनको भनाइ छ । 

“नेपाली साहित्य र साहित्यकारलाई अगाडि बढाउन योगदान दिने उद्देश्यले सम्मान स्थापना गरेका हौँ,” उनले भने, “साहित्यमा लाग्नेलाई योगदान पुगोस् भनेर हामीले यो सम्मान स्थापना गरेका हौँ ।” 

Parshu-Pradhan-(27)-1742296557.jpg
आफ्नो घरमा साहित्यिक वातावरण हुने गरेको स्मरण गर्दै प्रधानले ठूलठूला प्रशासकलाई पनि आफ्नो प्रशासकीय जिम्मेवारीभन्दा साहित्यको महत्त्व हुने गरेको आफूले देखेको बताए । 

“हाम्रो घरमा सरकारी ठूलो ओहोदामा बसेका साहित्यकार आउनुहुन्थ्यो । तर, उहाँहरूको गफ प्रशासनभन्दा पनि साहित्यमा हुन्थ्यो,” उनले भने, “यसले साहित्यका उहाँहरूको कति लगाव छ भन्ने प्रस्ट पार्छ । त्यसैले साहित्यमा लाग्नेलाई प्रेरणा होस् भनेर यो सम्मान स्थापना गरेका हौँ ।”

प्रधानले सम्मानको राशि सम्भव भएसम्म आगामी दिनमा बढाउँदै जाने उनले जानकारी दिए ।

Parshu-Pradhan-(28)-1742296557.jpg

Parshu-Pradhan-(23)-1742296556.jpg

Parshu-Pradhan-(26)-1742296556.jpg

Parshu-Pradhan-(21)-1742296555.jpg

Parshu-Pradhan-(15)-1742296553.jpg

Parshu-Pradhan-(16)-1742296554.jpg

Parshu-Pradhan-(17)-1742296554.jpg

Parshu-Pradhan-(18)-1742296554.jpg

Parshu-Pradhan-(19)-1742296554.jpg

Parshu-Pradhan-(10)-1742296552.jpg

Parshu-Pradhan-(11)-1742296553.jpg

Parshu-Pradhan-(12)-1742296553.jpg

Parshu-Pradhan-(13)-1742296553.jpg

Parshu-Pradhan-(14)-1742296553.jpg

Parshu-Pradhan-(6)-1742296551.jpg

Parshu-Pradhan-(1)-1742296550.jpg

प्रकाशित मिति: मंगलबार, चैत ५, २०८१  १७:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro