site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गाजा पट्टीमा इजरायलको आक्रमण, ३४ जनाको मृत्यु 

काठमाडौं । इजरायली सेनाले गाजा पट्टीमा ठूलो आक्रमण गरेको छ । सेनाले विद्रोही लुक्ने ठाउँलाई लक्षित गर्दै आक्रमण गरेको जनाएको छ । 

समाचार संस्था रोयटर्सले चिकित्सक र प्रत्यक्षदर्शीहरूलाई उदृत गर्दै मध्य गाजाको देर अल–बलाहमा तीनवटा घरलाई निशाना बनाइएको बताएको छ । यसबाहेक खान युनिस र रफाहमा पनि भवनहरूलाई लक्षित गरिएको थियो ।

गाजाको नागरिक रक्षा निकायले आक्रमणमा ३४ प्यालेस्टिनीको मृत्यु र ७० जना घाइते भएको जनाएको छ ।

जनवरी १९ मा गाजामा युद्धविराम सुरु भएयता यो अहिलेसम्मकै सबैभन्दा ठूलो आक्रमण हो ।

इजरायली प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार प्रधानमन्त्री बेन्जामिन नेतन्याहू र रक्षामन्त्री इजरायल काट्जले मंगलबार बिहान गाजा पट्टीमा आक्रमणको आदेश दिएका थिए ।

“हाम्रा बन्धकहरूलाई रिहा गर्न हमासले निरन्तर अस्वीकार गरेको र अमेरिकी राष्ट्रपतिका विशेष प्रतिनिधि विट काफ र अन्य मध्यस्थकर्ताहरूले गरेका प्रस्तावहरूलाई अस्वीकार गरेपछि यो आक्रमण भएको हो,” विज्ञप्तिमा भनिएको छ । बीबीसी 
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, चैत ५, २०८१  ०८:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro