site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जनता एउटै राजा पालेको भए हुन्थ्यो भन्ने भ्रममा पर्ने डर छ : माओवादी सांसद अर्याल
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेकपा (माओवादी केन्द्र)की सांसद उर्मिला अर्यालले राजनीतिक दलहरू कार्यकर्ता पाल्ने प्रवृत्तिबाट माथि उठ्न नसकेका कारण जनतामा व्यवस्थाप्रति वितृष्णा बढ्दै गएको बताएकी छन् । सोमबार (चैत ४) राष्ट्रियसभा बैठकमा उनले यस्तो बताएकी हुन् ।

उत्पीडित वर्गको समस्या समाधान गर्नतर्फ राजनीतिक दलको ध्यान जान जरुरी रहेकामा उनले जोड दिइन् । “कार्यकर्ता पाल्ने प्रवृत्तिबाट हामी माथि उठौँ । राज्यलाई सम्बोधन गरौँ,” उनले भनिन्, “देशका जनता र पीडाहरूलाई सम्बोधन गरौँ । शान्ति प्रक्रिया हामीले अहिलेसम्म टुंगो लगाउन सकेका छैनौँ ।”

उनले राजनीतिक दलको यस्तै प्रवृत्तिका कारण जनता एउटै राजा पालेको भए हुन्थ्यो भन्ने भ्रममा पर्ने डर रहेको बताइन् । “...चल्ते चलाते सरकार बनाएको छ, फेरि अर्कोले सरकार बनाएको छ । हामी बिग्रियौँ,” उनले भनिन्, “यस्तै हो भने एउटै राजा पालेको भए हुन्थ्यो भन्ने भ्रममा पर्ने डर छ ।”

उनले व्यवस्थाप्रति सबै राजनीतिक दल सचेत हुन जरुरी रहेको औँल्याइन् । संघीयता कार्यान्वयनका विषयमा समेत प्रश्न उठाउन थालिएको भन्दै उनले विचार पुर्‍याउन सबै राजनीतिक दलहरूलाई आह्वान गरिन् ।

“म सबैलाई सचेत हुन अनुरोध गर्न चाहन्छु । हामीले धेरै व्यवस्था परिवर्तन गरेर संघीयता ल्यायौँ, अब संघीयतामा पनि सवाल उठाउने कुराहरू आइरहेका छन्,” उनले भनिन्, “के हामी साँच्चिकै संघीयता कार्यान्वयन राम्रोसँग गरिराखेका छौँ ?”

लोकतान्त्रिक गणतन्त्रको विकल्प राजतन्त्र कुनै पनि हिसाबले हुन नसक्ने उनले उल्लेख गरिन् । न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत ४, २०८१  १४:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro