
काठमाडौं । नागरिक लगानी कोषले चालु आर्थिक वर्षको पुस मसान्तसम्म दुई खर्बभन्दा बढी लगानी गरेको जनाएको छ ।
विसं ०४७ मा स्थापना भएको कोषको ३५औँ वार्षिकोत्सवका अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा कोषका अध्यक्ष प्राडा सूर्यबहादुर थापाले चालु आर्थिक वर्षको पुस मसान्तसम्म कोषले सञ्चालन गरेको आयोजनाहरूमा २ खर्ब ६४ अर्ब ७८ करोड लगानी गरेको जानकारी दिए ।
सोही अवधिमा दुई खर्ब ७३ अर्ब ७२ करोड वित्तीय स्रोत संकलन गर्न कोष सफल भएको उनले बताए । उनले आगामी दिनमा मुलुकको आर्थिक वृद्धिदरमा टेवा पुर्याउनका साथै रोजगारी सिर्जना गर्न कृषि, पूर्वाधार, उत्पादनमूलक क्षेत्र, उद्योग, पर्यटनलगायत क्षेत्रमा पनि लगानी गनुपर्ने आवश्यकता महसुस भएको बताए ।
कोषको लगानीलाई उचित व्यवस्थापनका लािग सवै निकायसँग सहकार्य गर्दै अघि बढ्ने उनको भनाइ छ ।
कार्यक्रममा अर्थसचिव घनश्याम उपाध्यायले कोषलाई सेवाप्रतिको जवाफदेहिता, पारदर्शिताका साथै सेवा सुधार गर्दै जानुपर्ने धारणा राखे । कोषको लगानीलाई उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्ने उनले बताए ।