site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रधानमन्त्रीसहित अधिकांश मन्त्रीहरू असफलसिद्ध भएका छन् : सांसद सुवेदी

कठमाडौं । नेकपा (माओवादी केन्द्र)की सांसद विमला सुवेदीले प्रधानमन्त्री र मन्त्रीहरू असफलसिद्ध भइसकेको टिप्पणी गरेकी छन् । आइतबार (चैत ३) प्रतिनिधिसभा बैठकमा उनले सरकार आफैँले गरेको मूल्यांकनमा ‘फेल’ भएको टिप्पणी गरेकी हुन् ।

उनले सरकार आफ्नो जिम्मेवारीबाट च्युत भएको आरोप लगाइन् । “रातारात गठन गरेर मुलुकलाई रामराज्य बनाउन लागेको सरकार आफैँले गरेको मूल्यांकनमा फेल भएको छ । प्रधानमन्त्रीसहित अधिकांश मन्त्रीहरू असफलसिद्ध भएका छन्,” उनले भनिन्, “सरकार आफ्नो जिम्मेवारीबाट च्युत भएको छ ।”

सरकार नेपाल विद्युत् प्राधिकरणको कर्मचारीको पछिपछि दौडिरहेको र केबलकार निर्माणका विषयमा आन्दोलन गरिरहेका पक्षलाई दमन गरेर मानवअधिकारको धज्जी उडाइरहेको तथा व्यापारीको पक्षपोषण गरिरहेको उनले आरोप लगाइन् ।

“विद्युत् प्राधिकरणको कर्मचारीको पछिपछि दौडिरहेको छ । ताप्लेजुङको मुकुम्लुङमा आन्दोलन गरिरहेका पक्षलाई दमन गरेर मानवअधिकारको धज्जी उडाएको छ र व्यापारीको पक्षपोषणमा उद्दत भइरहेको छ,” उनले भनिन् ।

उनले सरकारमा रहेका नेता र तिनका परिवार जोडिएका काण्डहरूमा छानबिन नगरी सत्ताको चरम दुरुपयोग गरिएको बताइन् । आफ्नालाई छानीछानी जोगाउन र विपक्षीलाई तानीतानी फसाउने सरकारको हर्कतका कारण नागरिकमा निराशा छाएको उनले टिप्पणी गरिन् ।

“सरकारमा रहेका नेता र तिनका परिवार जोडिएका काण्डहरूमा कुनै छानबिन हुँदैन,” उनले भनिन्, “सहकारी ठगी र मानव बेचबिखनमा जोडिएको छर्लंग हुँदाहुँदै पनि अनुसन्धान गरिँदैन, सत्ताको दुरुपयोग गरी जोगाइन्छ ।”

उनले सरकारले उत्पन्न गरेको निराशामै टेकेर राजावादीहरू व्यवस्थाको विरुद्धमा लागेका आरोप लगाइन् । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: आइतबार, चैत ३, २०८१  १४:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro