site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रधानमन्त्रीलाई रघुजीले भने– मन्त्री फेर्ने बेला भयो, पारा देखेर छक्क पर्छु

काठमाडौं । सत्ताको नेतृत्वकर्ता दल नेकपा (एमाले)का सांसद रघुजी पन्तले पूर्वविशिष्टलाई सेवा सुविधा बढाउने गरी कानुन बनाउन लागिएको विषयमा मन्त्रीहरूले संसद्‌मा नबोलेको भन्दै आपत्ति जनाएका छन् । आइतबार (चैत ३) प्रतिनिधिसभा बैठकमा सांसदहरूलाई उनले बुझेर मात्र प्रश्न गर्न आग्रह गरे ।

“आज उठ्यो सुविधा दिने विधेयक ल्याइँदै छ । म नाम लिन्नँ, प्रतिपक्षका सांसद गार्ड लिएर हिँड्नुहुन्छ । अहिले सांसद मात्रै हुनुहुन्छ,” उनले भने, “भन्नुस् न, त्यो विधेयक आउँदै छ भन्ने कुरा साँचो हो कि होइन ?”

सर्वोच्च अदालतको आदेशानुसार नै डेढ वर्षदेखि कानुन मन्त्रालयमा उक्त विधेयकको ‘ड्राफ्ट’ बनिरहेको पन्तले बताए । “सरकारबाट पावरमा भएकाले अन्धाधुन्ध सुविधा लिए भनेर सर्वोच्च अदालतले जथाभावी नगर, मापदण्ड बनाएर मात्रै देऊ भन्यो । त्यो विधेयकको ड्राफ्ट डेढ वर्षदेखि कानुन मन्त्रालयमा चलिरहेको छ । यो सरकार आएको कति भो ?,” उनले प्रश्न गरे ।

प्रश्न उठाइएछि संसद्‌मा जवाफ नदिएर मन्त्रीहरूले बाहिर बोलेर हिँडेको भन्दै उनले आपत्ति जनाए । “यो त मन्त्रीजीहरूले बोल्नुपर्ने । मन्त्रीजीहरूको पारा देखेर छक्क पर्छु । हिजो प्रकाशमानजीले यो कुरा होइन भनेर पाल्पामा बोल्नुभएछ । आएर त्यही कुरा संसद्‌मा भने भो नि,” उनले भने ।

प्रश्न उठाइएपछि ‘मन्त्रीहरू कानमा तेल हालेर बस्न नहुने’मा उनले जोड दिए ।“...भन्नुपर्‍यो नि आएर, कसरी बनेको ? के कारणले बनेको ? कुन अवस्थामा छ ? सरकारको सोच के छ ? पटक–पटक प्रश्न उठेपछि मन्त्रीहरू कानमा तेल हालेर बस्न मिल्छ ?,” पन्तले प्रश्न गरे ।

उनले जनताको चासो सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि आग्रह गरे । “म प्रधानमन्त्रीलाई पनि आग्रह गर्दछु– जनताको चासोलाई सम्बोधन गरौँ । जनताको भावनालाई सम्बोधन गरौँ । लोकतन्त्र भनेको जनभावनाअनुसार अघि बढ्ने हो,” उनले भने ।

प्रधानमन्त्रीलाई उनले मन्त्री फेर्न सुझाव समेत दिए । “उहाँको क्याबिनेटले राम्ररी जनताको सेवा गरेको छैन भने, यो प्रधानमन्त्रीय व्यवस्था हो । मन्त्रीहरू फेर्ने बेला आयो । पफर्मेन्स दिन नसक्ने मन्त्रीहरू राखिराख्न जरुरी छैन । निश्चय पनि प्रधानमन्त्रीले मूल्यांकन गर्नुभएको होला,” उनले भने ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: आइतबार, चैत ३, २०८१  १४:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro