site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
दिगो पर्यटनबारे काठमाडौंमा अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

काठमाडौं । एईटीएम कलेज र ओटीएस एकेडेमीको सहकार्यमा “सस्टेनेबल टुरिजम डेभलपमेन्ट इन अनसर्टेन टाइम” अन्तर्राष्ट्रिय सम्मेलन आयोजना हुने भएको छ । आगामी अप्रिल ७–८ मा काठमाडौंमा उक्त सम्मेलन आयोजना हुने भएको हो । 

यो सम्मेलनले शैक्षिक विद्वान्, अनुसन्धानकर्ता, नीति निर्माता, पर्यटन उद्योग, तथा विद्यार्थीहरूलाई दिगो पर्यटनका अवसर र चुनौतीहरूबारे छलफल गर्न एकत्रित गर्ने आयोजकले जनाएको छ ।

सम्मेलनमा पर्यटन नीति, इकोटुरिजम, समुदायमा आधारित पर्यटन, गन्तव्य प्रवर्द्धन, तथा जलवायु सहनशीलताजस्ता मुख्य विषयहरूमा छलफल गरिनेछ । यो सम्मेलनले बदलिँदो विश्व परिस्थितिमा दिगो पर्यटन रणनीतिहरू विकास गर्न योगदान पुर्‍याउने लक्ष्य राखिएको छ ।

सम्मेलनमा प्रस्तुत गरिएका अनुसन्धानपत्रहरू ‘छनोट गरी जर्नल अन टुरिजम एन्ड सस्टेनाबिलिटी’मा प्रकाशन गरिने बताइएको छ । 
अनुसन्धानकर्ताले मार्च १ भित्र अधिकतम २५० शब्दको सारांश र ५–६ प्रमुख शब्दहरू सहित प्रस्ताव पेस गर्नुपर्नेछ ।

दुईदिने यस सम्मेलनमा प्रमुख वक्ताहरूका सम्बोधन, प्यानल छलफल, र अनुसन्धानपत्र प्रस्तुतीकरण समावेश गरिनेछ, जसको समापन विशेष नेटवर्किङ डिनरका साथ हुनेछ । 

सहभागीहरूले काठमाडौंका सांस्कृतिक र ऐतिहासिक सम्पदाहरू अवलोकन गर्न शैक्षिक सम्मेलन भ्रमणहरूमा भाग लिने अवसर पनि पाउनेछन् ।

प्रकाशित मिति: आइतबार, चैत ३, २०८१  १२:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro