site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बीआरआई नेपालको सर्वोत्तम हितमा : खनाल

काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले बीआरआई अवधारणा नेपालको सर्वोत्तम हितमा रहेको जिकिर गरेका छन् । शनिबार (चैत २) काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

देशको राष्ट्रिय आवश्यकता र हितका आधारमा बीआरआईको अधिकतम उपयोग गरिनुपर्नेमा उनले जोड दिए । उनले अनुदान, साझेदारी, सहुलियतपूर्ण र व्यावसायिक ऋणका विषयमा नेपालले व्यावहारिक र तर्कसंगत विकल्पसहित परियोजना छनोट र वार्ता गर्नुपर्ने बताए ।

सन्तुलित र अग्रगामी दृष्टिकोण अपनाएर नेपालले दिगो विकास र आर्थिक वृद्धि हासिल गर्न बीआरआईका फाइदा उपयोग गर्न सक्ने उनले उल्लेख गरे ।

पूर्वप्रधानमन्त्री खनालले चीनले आफ्नो विश्वव्यापी प्रभुत्वका निम्ति बीआरआई ल्याएको भनेर पश्चिमा देशले गलत प्रचार गरिरहेको पनि बताए ।

केही मानिसले पोखरा विमानस्थल चीनको ऋणको पासो हो र यसलाई निर्माण गर्नु गल्ती थियो भनेर प्रचार गर्ने गरेको पनि उनले बताए । लुम्बिनी विमानस्थलका बारेमा पनि यस्तै हल्ला फैलाइएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे । न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत २, २०८१  १६:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro