site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रतिक्रियावादीको षड्यन्त्रलाई विफल पार्न एक हुन समाजवादी मोर्चाको आह्वान

काठमाडौं । समाजवादी मोर्चाले प्रतिगमन र प्रतिक्रियावादीको षड्यन्त्रलाई विफल पार्न भन्दै एकजुट हुन ‘जनसमुदाय’सँग अपिल गरेको छ । शनिबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा नेकपाका नेता खड्गबहादुर विश्वकर्माले मोर्चाले सम्पूर्ण देशभक्त तथा गणतन्त्रवादी शक्ति एकजुट भई प्रतिगमन र प्रतिक्रियावादीको षड्यन्त्रलाई विफल पार्न जनसमुदायसँग अपिल गर्ने निर्णय गरेको बताएका हुन् ।

मोर्चाले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको विकासमा देखिएको समस्या, राज्यसत्ताको बागडोर सम्हालेकाको अलोकतान्त्रिक रबैया र गतिविधिका कारण जनतामा निराशा पैदा भएको आरोप लगाएको छ । भ्रष्टाचार, कमिसन र कालोबजारीले अर्थतन्त्र संकटग्रस्त रहेको उनले बताए । सरकार बिचौलिया, दलालको स्वार्थसिद्धिमा केन्द्रित रहेको उनको आरोप थियो ।

अध्यादेशमार्फत सरकार चलाउने, सदनलाई छल्ने र संसद्‌मा दर्ता महत्त्वपूर्ण विधेयक नियन्त्रण गरी राख्नेमा सरकार उद्दत रहेको उनले बताए ।

संघीय लोकतान्त्रिक गणतन्त्रको विकासमा गतिहीनता, सरकारको मानोमानी, देश एवं जनताको हितविपरीतका गलत क्रियाकलापका कारण जनतामा असन्तुष्टि पैदा भएको उनले उल्लेख गरे । यस्तो अवस्थामा गणतन्त्रका विरुद्ध राजतन्त्र पुनर्स्थापनाको षड्यन्त्रमा प्रतिगामी र पुनरुत्थानवादी तत्त्व लागिपरेको उनले जिकिर गरे ।

पत्रकार सम्मेलनमा खड्गबहादुर विश्वकर्माको भनाइ पढ्नोस्–
संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको विकासमा देखिएको ठकराव र राज्यसत्ताको बागडोर सम्हालेकाहरूको अलोकतान्त्रिक रबैया र गतिविधिका कारण नेपाली जनताका अधिकारहरू एकपछि अर्को कुण्ठित हुँदै गइरहेका छन् । राज्य सञ्चालकको स्वेच्छाचारिताका कारण देशले अप्ठ्यारो र संकटपूर्ण अवस्थाको सामना गरिरहेको छ । भ्रष्टाचार, कमिसन र कालोबजारीले अर्थतन्त्र संकटग्रस्त छ । नेपाली जनताको जनजीविका कहालीलाग्दो अवस्थामा छ । सरकार बिचौलिया, दलालहरूको स्वार्थसिद्धिमा केन्द्रित छ । लोकतान्त्रिक मूल्य–मान्यताको उपहास गर्दै छ । अध्यादेशमार्फत सरकार चलाउने, सदनलाई छल्ने र संसद्‌मा दर्ता भएका महत्त्वपूर्ण विधेयकहरू नियन्त्रण गरी राख्नेमा उद्दत छ । सरकारको कुशासन र अस्तव्यस्तताका कारण नेपाली जनतामा एकपछि अर्को असन्तुष्टि र आक्रोश तीव्र रूपमा बढ्दै गएको छ । यसले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, राष्ट्रको स्वाधीनता र नेपाली जनताको समाजवादको यात्रामा चुनौती देखापरेको छ । संघीय लोकतान्त्रिक गणतन्त्रको विकासमा गतिहीनता, सरकारको मानोमानी, देश एवं जनताको हितविपरीतका गलत क्रियाकलापका कारण जनतामा पैदा भएको असन्तुष्टिलाई धमिलो पानी बनाई गणतन्त्रका विरुद्ध राजतन्त्र पुनर्स्थापनाको षड्यन्त्रमा प्रतिगामी र पुनरुत्थानवादी तत्त्वहरू लागिपरेका छन् । यसको सशक्त प्रतिवाद गर्नु, गणतन्त्रको रक्षा गर्नु र नेपाली विशेषताको समाजवादको दिशामा अगाडि बढ्नु वर्तमान राष्ट्रिय राजनीतिको मुख्य कार्यभार बन्न गएको छ । देशको विषम् परिस्थितिमा समाजवादी मोर्चा, नेपालले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाको निम्ति राष्ट्रिय स्वाधीनता र गणतन्त्रका पक्षधर संसद्भित्र र बाहिर भएका राजनैतिक पार्टी, नागरिक समाज, बुद्धिजीवीलगायत नेपाली समाजका सबै पक्षसँग छलफल र परामर्श गरी प्रतिगामी र पुनरुत्थानवादी षड्यन्त्रका विरुद्ध एकता, सहकार्य र संयुक्त विरोध आन्दोलनको नेतृत्व गर्नु अहिलेको वस्तुस्थितिको अहम् जिम्मेवारी बन्न गएको छ । यसका लागि २०८१ चैत १५ गते (शुक्रबार)का दिन काठमाडौंमा विशाल विरोध प्रदर्शनसहितको जनसभा आयोजना गरिएको छ । यस सभामा सहभागी भई समाजवादी मोर्चा, नेपालमा सम्बद्ध राजनीतिक पार्टीहरू, सम्पूर्ण देशभक्त तथा गणतन्त्रवादी शक्तिहरू एकजुट भई प्रतिगमन र प्रतिक्रियावादीहरूको षड्यन्त्रलाई विफल पार्न सम्पूर्ण न्यायप्रेमी जनसमुदायलाई हार्दिक अपिल गर्दछाँै । न्युज एजेन्सी नेपाल

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, चैत २, २०८१  १५:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro