site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
प्रभु बैंकमार्फत मुक्तिनाथ मन्दिरमा भीम यूपीआई सेवा सुरु

काठमाडौं । मुस्ताङको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर परिसरमा विशेष समारोहबीच भीम यूपीआई सेवा सुरुआत गरिएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा सेवा शुभारम्भ गरिएको हो ।

उक्त सेवाको सुरुआतसँगै भारतका नागरिकहरूले आफ्नो बैंक खाताबाट भीम यूपीआईमार्फत क्यूआर स्क्यान गरी मुक्तिनाथ मन्दिरमा भेटी, दान, दक्षिणा तथा अन्य भुक्तानी गर्न सक्नेछन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यसले मुक्तिनाथ मन्दिरमा आउने भारतीय भक्तजनहरूलाई डिजिटल माध्यमबाट सरल, सुरक्षित र सहज भुक्तानी गर्ने सुविधा प्रदान गर्नुका साथै नेपाल – भारत वित्तीय सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास गरिएको बैंकले जनाएको छ ।

साथै, यो सेवा क्रस–बोर्डर (सीमापार) डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने महत्त्वपूर्ण प्रयास भएको छ, जसले भारत र नेपालको वित्तीय सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउने बैंकले जनाएको छ ।

राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्ट, नेपाल राष्ट्र बैंकका निर्देशक मुक्ती सापकोटा, राष्ट्र बैंक पोखरा प्रादेशिक कार्यालयका प्रमुख दीपकराज लामिछाने, प्रभु बैंक गण्डकी प्रदेश प्रमुख राजुराना मगर, स्थानीय प्रशासन, मन्दिर व्यवस्थापन समिति, धार्मिक गुरुहरू, बैंकका उच्च पदाधिकारी तथा अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

 

प्रकाशित मिति: शुक्रबार, चैत १, २०८१  १९:०१
प्रतिक्रिया दिनुहोस्