site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘महामूर्ख’को उपाधि मुख्यमन्त्री सिंहलाई
सतिशकुमार सिंह । फाइल तस्बिर ।

धनुषा । यो वर्षको ‘महामूर्ख’ उपाधि मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई प्रदान गरिने भएको छ । होली पर्वका अवसरमा मिथिला नाट्यकला परिषद् (मिनाप)ले आयोजना गर्दै आएको प्रमुख सांस्कृतिक कार्यक्रम ‘महामूर्ख सम्मेलन’को दोस्रो दिन शुक्रबार (चैत १) जनकपुरधाममा उक्त घोषणा गरिएको हो ।

रङ र खुसीको पर्व होलीका अवसरमा जनकपुरधामस्थित मिनापले हरेक वर्ष यो सम्मेलन आयोजना गर्दै आएको छ । कार्यक्रममा हास्यव्यंग्य र सांस्कृतिक प्रस्तुति प्रस्तुत गरिँदै आएको छ ।

उक्त कार्यक्रमका माध्यमबाट मिनापले मिथिलाको कला र संस्कृतिको संरक्षणमा योगदान पुर्‍याउँदै आएको संस्थाका पूर्वअध्यक्ष सुनील मल्लिकले बताए । उनका अनुसार, होली पर्वको पौराणिक गाथा, ख्यालठट्टा र मैथिली भाषामा गाइने जोगिरा गीतको संरक्षण गर्न यो कार्यक्रम आयोजना गरिन्छ ।

उनले भने, “मिथिलाञ्चलमा जोगिरा गीत सुनिन लगभग बन्द भएको छ र भोजपुरी गीतको प्रभुत्व बढिरहेको बेला मिनापले पुरानो संस्कृतिलाई बचाउन होली महोत्सव र महामूर्ख सम्मेलन आयोजना गर्दै आएको छ ।”

‘महामूर्ख’ उपाधि ०६१ सालदेखि दिन थालिएको हो । ०६१ सालमा मैथिली कवि नरेश ठाकुर, ०६२ मा नेपाल कम्युनिस्ट पार्टी (एमाले)का नेता शीतल झा, ०६३ मा जनकपुर नगरपालिकाका प्रमुख हरिबहादुर बिसी, ०६४ मा सद्भावना पार्टीका नेता ओमकुमार झालाई महामूर्ख उपाधि दिइएको थियो ।

यस्तै, ०६५ सालमा साहित्यकार डा. राजेन्द्र विमल, ०६६ मा पूर्वमन्त्री रामचन्द्र झा, ०६७ मा राजनीतिक विश्लेषक सिके लाल, ०६८ मा साहित्यकार रामभरोष कापडी भ्रमर, ०६९ मा नेपाली कांग्रेसका नेता रामसरोज यादव, ०७० मा तमलोपाका नेता डा. विजयकुमार सिंहलाई महामूर्ख उपाधि दिइएको थियो । रासस

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, चैत १, २०८१  १५:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro