site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौं उपत्यकामा चेकिङमा कडाइ, यी गल्ती गरे बेलुकासम्म सवारी ‘होल्ड’
फाइल तस्बिर ।

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले बिहीबार (फागुन २९) बिहानैदेखि होली विशेष चेकिङमा कडाइ गरेको छ ।

होली पर्वमा मादक र लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउन रोक लगाइएको छ । त्यसरी चलाइएका सवारीसाधनलाई बिहानैदेखि ‘होल्ड’मा राखिएको ट्राफिक प्रहरी प्रवक्ता एवं एसपी सञ्जयबहादुर राउतले बताए ।

काठमाडौं उपत्यकाका ८३ ठाउँमा सादा पोसाकका प्रहरीसहितको चेकिङ भइरहेको उनले जानकारी दिए । “उपत्यकाका ८३ ठाउँमा सिभिल पुलिससहित चेकिङ भइरहेको छ । ६९४ जना ट्राफिक प्रहरी परिचालन गरिएको छ,” उनले बाह्रखरीसित भने ।

हेल्मेट नलगाई चलाउने, दुईपांग्रेमा तीन/चारजना बसेर कुदाउने सवारीसाधनलाई पनि होल्डमा राखिने उनले बताए । “मापसे गरी सवारी चलाउने, मोटरसाइकल, स्कुटरमा तीन/चारजना राखेर हिँड्ने, लापरबाही गरेर सवारी चलाउने, ओभर स्पीड सवारी हाँक्नेलाई बेलुकासम्म होल्डमा राख्छौँ,” उनले भने ।

आजै बेलुकासम्म होल्डमा राखिने सवारीसाधनका धनीलाई कसुरअनुसार जरिवाना तिराइनेछ । उनीहरूले सचेतना कक्षा पनि लिनुपर्ने ट्राफिक प्रहरीले जनाएको छ । “बेलुकासम्म होल्डमा राखिएका सवारीचालकलाई कसुरअनुसारको जरिवाना तिराउछौँ । उहाँहरू सचेतना कक्षामा पनि सहभागी हुनुपर्नेछ,” एसपी राउतले भने ।

झगडा र उच्छृंखल गतिविधि गर्नेलाई सादा पोसाकका प्रहरीको सहायतामा पक्राउ गरी कारबाही अगाडि बढाइने उनले बताए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, फागुन २९, २०८१  १०:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro