site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
योगी आदित्यनाथको पोस्टर बोकेको विषय कानुनी दायरामा ल्याउनुपर्छ : महेश बर्तौला
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले पूर्वराजा ज्ञानेन्द्र शाहको निर्देशनमा संविधानविरोधी गतिविधि भएको बताएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा सांसद बर्तौलाले पूर्वराजा शाहको उपस्थितिमा राष्ट्रिय गानको अवमूल्यन भएको बताए ।

“उहाँको निर्देशन, उक्साहटबाट संविधानविपरीतका कार्य भइरहेका छन् । पञ्चायतकालीन राष्ट्रिय गान गाउने, मुलुकको राष्ट्रिय गानको अवमूल्यन गर्ने खालका संविधानविरोधी क्रियाकलाप भएका छन्,” उनले भने ।

बर्तौलाले आइतबार पूर्वराजा शाह पोखराबाट फर्किने क्रममा काठमाडौंमा भएको र्‍यालीमा भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको पोस्टर बोक्नु राष्ट्रहितविपरीत भएको पनि बताए । त्यस्ता कार्यलाई सरकारले 'नोटिस'मा राखेर कानुनी दायरामा ल्याउनुपर्ने उनको माग छ ।

“भारतीय जनता पार्टीका नेता उत्तर प्रदेशका मुख्यमन्त्रीको ब्यानर, पोस्टरसहितका र्‍यालीसमेत भएका देख्यौँ । राष्ट्रहित प्रतिकूलको कार्य हो । यस्ता कार्यलाई कानुनी दायरामा ल्याउन जरुरी छ,” उनले भने ।

बर्तौलाले लोकतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने पनि बताए । संग्रहालयमा थन्किएको राजतन्त्रले दिवास्वप्न देख्न आवश्यक नभएको उनको भनाइ छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन २७, २०८१  १३:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro