site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पहिचानसहितको संघीयता आवश्यक : बाबुराम भट्टराई

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष बाबुराम भट्टराईले पहिचानसहितको संघीयता आवश्यक भएको बताएका छन् । 

सोमबार काठमाडौंमा आयोजित पार्टीको वाग्मतीस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले भाषा, संस्कृति र भूगोल मिलेको ठाउँमा स्वायत्त साशनको व्यवस्था गर्नुपर्ने बताए । भाषा र संस्कारसहितको संघीय शासन व्यवस्थाले सम्बन्धित समुदायको आत्मबल बढ्ने उल्लेख गरे । सबै समुदायले समानताको आधारमा आफ्नो पहिचान स्वीकार गर्नुपर्ने उनको भनाइ छ ।

"जतिबेलासम्म हाम्रो भाषा संस्कृति र पहिचान रहन्छ सबैले एकआपसको पहिचान स्वीकार गर्ने । पहिचानले हामी फरक छौँ तर हामी असमान होइनौँ । यही भन्नका निम्ति सबैको पहिचान स्वीकार गर्ने भन्या हो । होलो हेचो नगरी सबै बराबर हो भनेर मान्ने र सँगसँगै जसको भाषा, संस्कृति भूगोल मिलेको ठाउँ छ त्यो ठाउँमा उनीहरुकै स्वायत्त शासन चलाउन दियो भने उनीहरुको पनि आत्मबल बढ्छ, सम्मान बढ्छ," उनले भने ।

अध्यक्ष भट्टराईले विदेशमा रहेका नेपालीलाई सोही स्थानबाट चुनावमा मतदान गर्ने व्यवस्था गर्न पार्टीले महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, फागुन २६, २०८१  २१:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro