site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विदेशी विनिमय सञ्चिति २३ खर्ब ६९ अर्ब पुग्यो, १७ महिनाको वस्तु आयात धान्ने

काठमाडौं । देशको विदेशी विनिमय सञ्चिति २३ खर्ब ६९ अर्ब रुपैयाँ पुगेको छ । गत असार मसान्तसम्म २० खर्ब ४१ अर्ब रहेको विदेशी विनिमय सञ्चिति १६.१ प्रतिशतले बढेको हो । अमेरिकी डलरमा विदेशी सञ्चिति १७ अर्ब पाँच करोड पुगेको छ ।

यसमध्ये नेपाल राष्ट्र बैंकमा २१ खर्ब पाँच अर्ब १४ करोड रुपैयाँ छ । अन्य बैंक तथा वित्तीय संस्थासँग दुई खर्ब ६३ अर्ब ९३ करोड रुपैयाँ छ ।

आर्थिक वर्ष २०८१/८२ को सात महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १७.२ महिनाको वस्तु आयात र १४.४ महिनाको वस्तु तथा सेवा आयात धान्ने राष्ट्र बैंकले जनाएको छ ।

गत माघ मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपात क्रमशः ४१.५ प्रतिशत, १२०.३ प्रतिशत र ३२.५ प्रतिशत छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन २६, २०८१  १७:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro