site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सामसङले ल्यायो नयाँ बिस्पोक एआई रेफ्रिजेरेटर

काठमाडौं । सामसङ नेपालले गर्मी मौसमलाई लक्षित गर्दै नयाँ, स्मार्ट र स्टाइलिस बिस्पोक एआई डबल डोर रेफ्रिजेरेटर सार्वजनिक गरेको छ । बिस्पोक एआई रेफ्रिजेरेटरले अत्याधुनिक कुलिङ प्रविधि, स्मार्ट उर्जासञ्चय र स्टाइलिस डिजाइनसहित गर्मीयामलाई सहज बनाउने सामसङले जनाएको छ ।

बिस्पोकको रेफ्रिजेरेटरमा एआई एनेर्जी मोड, स्मार्टठिंगस् कनेक्सन, कन्भर्टएबल ५–इन–१ मोडर ट्वीन कुलिङ प्लस जस्ता एडभान्स फिचर छन् ।

एआई एनेर्जी मोडले स्मार्ट एल्गोरिदमको प्रयोग गरिएको हुँदा ऊर्जा खपतलाई अनुकूल बनाउने कम्पनीले जनाएको छ । यसले युजेज प्याटर्नअनुसार समायोजन गर्दै शत प्रतिशतसम्म ऊर्जाको बचत गर्न मद्दत गरी खर्च घटाउने र दिगो जीवनशैलीमा योगदान पुर्‍याउने कम्पनीले जनाएको छ ।

कन्भर्टएबल ५–इन–१ मोडहरुले जस्तो पनि घरको आवश्यकताहरू पूरा गर्न अनुकूल रहने अप्रतिम सुविधा प्रदान गर्छ ।

नर्मल, सिजनल, एक्स्ट्रा फ्रिज, भेकेसन र होम अलोन गरी आवश्यकताअनुसार प्रयोग गर्न मिल्ने पाँच भिन्न मोडहरू भएको यो रेफ्रिजेरेटरले ऊर्जा बचत र अधिकतम उपयोगिता सुनिश्चित गर्नै कम्पनीले जनाएको छ ।

ट्वीन कुलिङ प्लस प्रविधिले रेफ्रिजेरेटर र फ्रिजरका लागि अलग–अलग कुलिङ सिस्टम प्रयोग गर्छ, जसले आद्र्रता कायम राख्दै गन्धहरू मिसिनबाट रोक्छ । यसले ७० प्रतिशतसम्म आद्र्रता कायम राख्न मद्दत गर्ने भएकाले गर्मीको समयमा पनि फ्रिजमा स्टोर गरिएको फलफूल र तरकारीहरू लामो समयसम्म ताजा रहने सामसङले बताएको छ ।

एआई एनेर्जी मोडले युजेज प्याटर्नको विश्लेषण गरी कम्प्रेसरको कार्यसम्पादनलाई अनुकूल बनाउँदै र ऊर्जा खपत घटाउँदै स्मार्ट कुलिङलाई नयाँ उचाइमा ल्याउँछ ।

नयाँ बिस्पोक एआई रेफ्रिजेरेटर ३९६ लिटर र ४१९ लिटर क्यापासिटीका दुई भेरियन्टमा उपलब्ध छन् । एक लाख १२ हजार ९९० रुपैयाँ मूल्य रहेको रेफ्रिजेरेटर छुटसहित एक लाख एक हजार रुपैयाँमा उपलब्ध छ ।

सामसङको नयाँ रेफ्रिजरेटर डाउन पेमेन्टपछि शून्य प्रतिशत ब्याजदरको किस्ताबन्दीमा पनि खरिद गर्न सकिन्छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: सोमबार, फागुन २६, २०८१  १७:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro