site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पूर्वराजाका कुकर्मको ‘नांगेझार’ गरौँ : एकीकृत समाजवादी

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले परिवर्तनका पक्षधर एकताबद्ध भएर अगाडि बढ्नुपर्ने निष्कर्ष निकालेको छ । सोमबार पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले पूर्वराजा ज्ञानेन्द्र शाहका गतिविधि जनताको चाहना र भावनाविपरीत रहेको निचोड निकालेको हो ।

“अहिले केही व्यक्तिहरूले नेपाली जनताको लामो संघर्ष र जननिर्वाचित संविधानसभाबाट स्थापित गणतन्त्रविरुद्ध गतिविधि गर्न थालेका छन् । यस्ता गतिविधि नेपाली जनताको चाहना र भावनाविपरीत छन्,” पार्टीका उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले विज्ञप्तिमार्फत भनेका छन्, “यस विषयमा परिवर्तनका पक्षधर व्यक्तिहरू एकताबद्ध भएर अगाडि बढ्न आवश्यक छ ।”

बैठकले पूर्वराजाले इतिहासमा गरेका कुकर्मको ‘नांगेझार’ गर्न पनि अपिल गरेको छ । “वर्तमान गणतन्त्रको विकल्प उन्नत स्तरको गणतन्त्र नै हो भन्ने तथ्यमा जोड दिँदै हाम्रै काम र अभ्यासहरूको समेत गम्भीर आत्मसमीक्षा गर्दै प्रतिगमनकारी तथा पुनरुत्थानवादी तत्त्वहरूले इतिहासमा उनीहरूले गरेका सम्पूर्ण कुकर्महरूलाई नांगेझार गर्न सबै राजनीतिक पार्टी, बौद्धिक जगत, नागरिक समाज र आम जनसमुदायमा अपिल गर्दछौँ,” बैठकको निर्णयमा भनिएको छ ।

बैठकले गणतन्त्र र संविधानको रक्षा एवं रोजगारी र सुशासनका निम्ति पार्टीले गर्न लागेको आन्दोलनको रूपरेखा एवं कार्यक्रम सार्वजनिक गर्ने निर्णय पनि गरेको छ । आगामी चैत १ गते पत्रकार सम्मेलनमार्फत आन्दोलनको कार्यक्रम सार्वजनिक गर्ने एकीकृत समाजवादीको तयारी छ ।

पूर्वराजा शाह पोखराबाट फर्कंदा आइतबार काठमाडौंमा उनको पक्षमा प्रदर्शन भएको थियो ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, फागुन २६, २०८१  १५:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro