site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
परराष्ट्रमन्त्री राणा भारत प्रस्थान
फाइल तस्बिर ।

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा धार्मिक भ्रमणको सिलसिलामा सोमबार (फागुन २६) भारत प्रस्थान गरेकी छन् । उनले भारतको झारखण्डस्थित बाबा वैद्यनाथधाममा पूजाआजा गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

त्यसपछि उनी यही मार्च १७ देखि नयाँ दिल्लीमा भारतको विदेश मन्त्रालयले आयोजना गर्ने राइसिना डायलगमा सहभागी हुनेछिन् । भारत सरकारको निमन्त्रणामा उक्त डायलगमा राणासहित विश्वका विभिन्न देशका प्रधानमन्त्री एवं विदेशमन्त्रीहरूको सहभागिता रहनेछ । मन्त्री राणाले त्यहाँ सम्बोधन गर्ने कार्यक्रम छ ।

यो भ्रमणकै क्रममा मन्त्री राणाले आफ्नो स्वास्थ्य जाँचको ‘फलो अप’ पनि गराउने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

उनलाई परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईसहितका अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरे । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, फागुन २६, २०८१  १४:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro