site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
जसपा नेपालमा पदाधिकारी र कार्यकारिणी सदस्य थपिँदै
फाइल तस्बिर ।

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालमा केन्द्रीय पदाधिकारी र कार्यकारिणी समिति सदस्य थप गरिने भएको छ ।

पदाधिकारी र कार्यकारिणी सदस्य थप गर्न केन्द्रीय समितिको बैठकबाट पार्टी विधानको धारा २९ को उपधारा ३ संशोधन गरिएको जसपा नेपालका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

उनका अनुसार, जातीय, सामुदायिक तथा लैंगिक समावेशीतालाई आधार मानी पदाधिकारी तथा कार्यकारिणी सदस्य थप गर्न लागिएको छ । संशोधित विधानानुसार थप दुई उपाध्यक्ष र एक महासचिव तथा ११ केन्द्रीय कार्यकारिणी सदस्य थप गरिनेछ ।

अब केन्द्रीय समिति अध्यक्ष, वरिष्ठ नेता, सहअध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव, कोषाध्यक्ष र केन्द्रीय समितिबाट निर्वाचित २१ सदस्य रहने गरी केन्द्रीय कार्यकारिणी समिति गठन हुने भएको बस्नेतले बताए । रासस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: सोमबार, फागुन २६, २०८१  ११:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro