site stats
बाह्रखरी :: Baahrakhari
कला
यस्तो छ ‘पिताम्बर’को दोस्रो टिजर 

काठमाडौं । चलचित्र ‘पिताम्बर’को दोस्रो टिजर सार्वजनिक भएको छ । चलचित्रका प्रमुख कलाकार प्रदीप खड्काको जन्मदिनको अवसर पारेर निर्माण पक्षले सोमबार टिजर सार्वजनिक गरेको हो ।

टिजरमा चलचित्रमा रहेको प्रदीपका दृश्यहरूलाई मात्र स्थान दिइएको छ । टिजरमा एक्सन सिनमात्र छन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

चैत २९ गतेबाट रिलिज हुने चलचित्रलाई कृषा चौलागाईंले निर्देशन गरेकी छन् । 

केपी फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मसको व्यानरमा निर्माण भएको चलचित्रमा प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रविन्द्र झा, प्रमोद अग्रहरि, कामेश्वर चौरासिया, टिका पहाडीलगायत कलाकारको अभिनय छ । 

चलचित्रमा विशाल चौलागाईं निर्माता, पुरुषोत्तम प्रधान, आध्य लामिछाने र आरोह चौलागाईं सह–निर्माता, सुमन गौतम कार्यकारी निर्माता छन् ।  

प्रदीप भारद्वाज र अभिमन्यु निरवीको पटकथा र संवाद, पुरुषोत्तम प्रधानको डीओपी, शेरबहादुर लामा र मानकृष्ण महर्जनको छायांकन, बन्दे प्रसादको सम्पादन, आशीष अविरल र बाबुल गिरीको संगीत, हिमाल केसीको द्वन्द्व छ । फिल्म आरआर फिल्मसले वितरण गर्दै छ ।

प्रकाशित मिति: सोमबार, फागुन २६, २०८१  ०८:४५
प्रतिक्रिया दिनुहोस्