site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भारतको ईभी बजारमा टाटा पहिलो र एमजी दोस्रो स्थानमा

काठमाडौं । भारतमा विद्युतीय सवारी (ईभी) बजारमा टाटा मोटर्सले पहिलो र एमजीले दोस्रो स्थान बनाएको छ ।

भारतको प्रमुख अटो निर्माता टाटा मोटर्स र एमजी फेब्रुअरीको बिक्री आँकडाका आधारमा पहिलो र दोस्रो स्थानमा परेका हुन् ।

फेब्रुअरीमा टाटाले ५ हजार ३४३ युनिट ईभी बिक्री गरेको छ । सन् २०२४ को फेब्रुअरीमा भने टाटाले ६ हजार ९२३ युनिट गाडी बिक्री गरेको थियो ।

गत वर्षको तुलनामा २२.८२ प्रतिशतले बिक्री घटे पनि टाटाले ईभी बजारमा पहिलो स्थान बनाएको छ ।

दोस्रो नम्बरमा एमजी मोटर इन्डियाले फेब्रुअरीमा ४ हजार २ युनिट गाडी बिक्री गरेको छ । यसको ७८ प्रतिशत करिब तीन हजार १२१ वटा ईभी बिक्री गरेको कम्पनीले जनाएको छ ।

एमजीको विन्डसर ईभी १५ हजार युनिटको बिक्रीसहित भारतीय बजारको एक नम्बर विद्युतीय कार बनेको कम्पनीको दाबी छ ।

ईभीबाहेक टाटा मोटर्सले फेब्रुअरीमा कुल ४६ हजार ८११ युनिट प्यासेन्जर भेहिकल बिक्री गरेको छ । 

यो सन् २०२५ को फेब्रुअरीको ५१ हजार ३२१ युनिटको तुलनामा ८.७९ प्रतिशतले घटेको हो ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, फागुन २५, २०८१  १६:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro