site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
७० जनाको आवेदन छ, नयाँ प्रशिक्षकको टुंगो चाँडै लाग्छ : प्रवक्ता लामा
फाइल तस्बिर ।

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)का प्रवक्ता छुम्बी लामाले नेपाली राष्ट्रिय पुरुष क्रिकेटको मुख्य प्रशिक्षक टुंगो चाँडै नै लाग्ने बताएका छन् ।

यसअघिका मुख्य प्रशिक्षक मोन्टी देसाईसँगको सम्झौता नवीकरण नगर्ने निर्णय भएसँगै नेपाली टिम माघ १९ गतेदेखि मुख्य प्रशिक्षकविहीन छ । देसाई जिम्मेवारी मुक्त भएपछि क्यानले फागुन ३ गते नयाँ प्रशिक्षकका निम्ति आवेदन खुलाएको थियो । जसको अन्तिम मिति फागुन १६ गतेसम्मको थियो ।

“नेपाली टिमको मुख्य प्रशिक्षकमा ७० जनाको आवदेन आएको छ । जसमध्ये केही पुराना पनि छन् । रिक्त रहेको पदमा चाँडै नै नयाँ प्रशिक्षकको आगमन हुनेछ । ७० जनाको प्रोफाइल अध्ययन हुँदैछ । त्यसपछि क्यानले केहीलाई सर्टलिस्टेट गरेर अन्तर्वार्ताका निम्ति बोलाउने छ,” प्रवक्ता लामाले बाह्रखरीसँग भने ।

 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, फागुन २५, २०८१  १३:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro