site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
बेलौरी नगरपालिकाका वडाध्यक्ष रिजालको निधन
तस्बिर : बेलौरी नगरपालिका उपप्रमुखको सचिवालय

कञ्चनपुर । बेलौरी नगरपालिका–३ का वडाध्यक्ष सीताराम रिजालको गए राति निधन भएको छ । फोक्सोसम्बन्धी समस्याबाट पीडित ७२ वर्षीय रिजालको आफ्नै निवासमा गएराति १२ बजेर ३० मिनेट जाँदा निधन भएको हो ।
 
आज बिहान १० बजेदेखि ११ बजेसम्म उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि वडा कार्यालयमा राखिएको थियो । उनको बेलौरीको भकुण्डास्थित आर्यघाटमा अन्तिम दाहसंस्कार गरिँदै छ । 

विसं २०७९ को स्थानीय तहको निर्वाचनमा रिजाल वडाध्यक्ष पदमा निर्वाचित भएका थिए । उनकी श्रीमती डिलकुमारी रिजालको विसं २०७९ मा स्थानीय तह निर्वाचनकै समयमा निधन भएको थियो । 

रिजालको निधनबाट नगरपालिकाले महत्त्वपूर्ण व्यक्ति गुमाएको नगर उपप्रमुख जोगराम चौधरीले बताए । 

यसैबीच बेलौरी नगरपालिकाले रिजालको निधनको शोकमा २४ आजका सबै कार्यक्रम स्थगित गरेको छ ।रासस

प्रकाशित मिति: शनिबार, फागुन २४, २०८१  १२:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro