site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मन्त्रीहरूको विदेश भ्रमणबारे बनाइयो ‘विशेष आचारसंहिता’
फाइल तस्बिर ।

काठमाडौं । सरकारले एकै मन्त्रालयका मन्त्री र सचिवलाई अब एउटै कार्यक्रमका निम्ति विदेश भ्रमणमा नपठाउने भएको छ । दुवैजना मन्त्रालयमा नहुँदा सुशासन र सेवामा असर पर्ने भएकाले त्यस्तो भ्रमण स्वीकृत नगर्ने निर्णय मन्त्रिपरिषद् बैठकबाट गरिएको छ ।

गएको बुधबार (फागुन २१) बसेको मन्त्रिपरिषद्को बैठकबाट मन्त्रीहरूको विदेश भ्रमणका विषयमा विशेष आचारसंहिता पनि बनाइएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

उनका अनुसार, मन्त्रीहरू मन्त्रीस्तरीय सम्मेलन, बैठकमा मात्र विदेश जाने निर्णय गरिएको छ । “सामान्य टेबल, संवाद कार्यक्रममा नजाने । मन्त्रीहरूले नीतिको सम्बन्धमा बोल्नैपर्ने, कुनै नेपाल सरकार पक्ष राष्ट्र भएकोले प्रतिनिधित्व गर्दै कहीँ मताधिकार प्रयोग गर्नुपर्ने हुनसक्छ । कहीँ हस्ताक्षर गर्नुपर्ने हुनसक्छ, त्यस्तो बेलामा जाने अन्यथा सानोतिनो निमन्त्रणमा भ्रमण स्वीकृत नगर्ने निर्णय भएको छ,” उनले भने ।

कर्मचारीको हकमा पनि सचिव, सहसचिव एकै ठाउँमा धेरै नजाने निर्णय गरिएको उनले बताए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, फागुन २३, २०८१  १३:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro