site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सिरियाली सेना र असद समर्थकबीच झडप, दर्जनौँको मृत्यु
Tiktok banner adTiktok banner ad

काठमाडौं । सिरियाको राजधानी दमास्कसमा नयाँ सरकारप्रति बफादार सिरियाली सेना र अपदस्थ असद शासनका समर्थकबीच भीषण झडप भएको छ । देशको उत्तरपश्चिमी तटीय क्षेत्रस्थित रुस नियन्त्रित एयरबेसनजिकैको लताकिया प्रान्तमा झडप हुँदा दर्जनौँ व्यक्तिको मृत्यु भएको छ ।

गएको डिसेम्बरमा बसर अल–असदको पतनपछि सिरियाको इस्लामवादी सरकारसँग सम्बद्ध सेनासँगको यो सबैभन्दा हिंसात्मक झडप हो । मारिएका मानिसको संख्याका बारेमा फरक–फरक अनुमान गरिएको छ ।

स्थानीय मिडियाका अनुसार, सिरिया सरकार समर्थक सेनाको आक्रमणमा लगभग ७० पूर्वसरकारी लडाकु मारिएका छन् । २५ भन्दा बढी व्यक्तिलाई जाब्लेह र वरपरका क्षेत्रबाट पक्राउ गरिएको छ ।

एएफपी समाचार एजेन्सीले एक युद्ध पर्यवेक्षकलाई उद्धृत गर्दै झडममा १६ सरकारी सुरक्षाकर्मी, २८ असद समर्थक लडाकु र चार नागरिकसहित ४८ जनाको मृत्यु भएको जनाएको छ ।

सिरियाली रक्षा मन्त्रालयका प्रवक्ता कर्नेल हसन अब्दुल घानीले सरकारी सञ्चारमाध्यममार्फत लताकियामा लडिरहेका असद समर्थकलाई चेतावनी दिएका छन् । बीबीसीबाट ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन २३, २०८१  ११:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro