site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राष्ट्रिय सभाबाट पनि पाँच अध्यादेश स्वीकृत, प्रतिस्थापन विधेयक ल्याउने बाटो खुल्याे

काठमाडौं । सरकारले जारी गरेका विभिन्न ६ मध्ये पाँच अध्यादेश राष्ट्रिय सभाबाट पनि स्वीकृत भएको छ । बिहीबार राष्ट्रिय सभाको बैठकमा विभिन्न पाँचवटा अध्यादेश निर्णयार्थ पेस भएका थिए । जसलाई राष्ट्रिय सभाबाट बहुमतले स्वीकृत गरिएको हो ।

सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१, निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ र सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ राष्ट्रिय सभाबाट स्वीकृत भएको हो ।

त्यसअघि अध्यादेशहरूविरुद्ध परेका विरोधका सूचनाहरू अस्वीकृत भएका थिए । यी अध्यादेश प्रतिनिधिसभाबाट यसअघि नै बहुमतले पारित भइसकेका छन् ।

अध्यादेश संघीय संसद्को दुवै सदनबाट पारित भएसँगै प्रतिस्थापन विधेयक ल्याउने बाटो खुलेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन २२, २०८१  १७:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro