site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रामहरि खतिवडाको प्रश्न– अमेरिकाले दिएको रकम कसले कति प्रयोग गरे ?
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले अमेरिकाबाट आएको सहयोग रकमबारे श्वेतपत्र जारी गर्न सरकारसँग माग गरेका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा खतिवडाले अमेरिकाले दिएको रकम कसले कति प्रयोग गरे भनेर प्रश्न गरे ।

“अमेरिकाले दिएको रकम दुरुपयोग भयो भनेर बारम्बार चर्चा परिचर्चा आएको छ । यस्तो रकम कति नेपालमा आएको हो  ककसले प्रयोग गरे ?,” उनले भने ।

उनले देशलाई नै बदनाम हुने काम भएको भए श्वेतपत्र जारी गर्नुपर्ने बताए । “एनजीओ र आईएनजीओको आएका र अन्य काममा प्रयोग भएका रकम कति छन् ? त्यो रकमलाई लिएर नेपाललाई नै बदनाम गर्ने काम भएको छ भने भएको के हो ?श्वेतपत्रका रूपमा जारी गरोस्,” उनले भने ।

उनले संसद्‌मा पत्रकारले प्रश्न सोधेको आधारमा नै प्रेस पास निलम्बन गरेको विषयमा पनि आपत्ति जनाए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, फागुन २२, २०८१  १३:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro