site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बालेनबाट निलम्बित गुरागाईंले महानगरमै काम गर्ने वातावरण मिलाइदिन मन्त्रालयलाई लेखे पत्र 

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले काम गर्ने वातावरण मिलाइदिन भन्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पत्र बुझाएका छन् । 

आफूलाई काम गर्ने वातावरण मिलाइदिन भन्दै गुरागाईंले पत्र बुझाएको मन्त्रालयका प्रवक्ता कालीप्रसाद पराजुलीले बताए । “गुरागाईंले कार्यालयमा काम गर्ने वातावरण मिलाइदिन भन्दै पत्र बुझाएका छन् । काठमाडौं महानगरपालिमा अर्को कार्यकारी पठाउनेभन्दा पनि उहाँलाई नै काम गर्ने वातावरण मिलाउनतिर मन्त्रालय जाला भन्नेछ,” पराजुलीले भने ।
 
करिब दुई महिनादेखि महानगरपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन छ ।
 
१२ तले काठमाडौं टावरको १९ तला थप गराएको सम्झौतामा हस्ताक्षर गरेको आरोपमा  गुरागाईं काठमाडौं महानगरका मेयर बालेन शाहको अघोषित निलम्बनमा परेका थिए । 

पुस ८ देखि १७ गतेसम्म बिदामा रहेका गुरागाईंको कार्यकक्षमा बालेनको सचिवालयले ताला लगाएको थियो । 

बिदा बस्दै गर्दा गुरागाईंले निमित्त कार्यकारीको जिम्मेवारी शिक्षा विभागका प्रमुख गोविन्दप्रसाद शर्मालाई दिएका थिए । तर, शर्माले निमित्तको जिम्मेवारी अस्वीकार गरेका थिए ।

२०८१ साल पुस १४ गते गुरागाईंमाथि छानबिन गर्न महानगरले प्रमुखस्तरीय निर्णय गरेको थियो ।  

१६ गते शेखरप्रसाद पौडेलको संयोजकत्वमा समिति गठन भयो । १५ दिनभित्र ठोस सुझाव सिफारिस गर्दै प्रतिवेदन दिन समितिको हदम्याद तोकिएको थियो ।
 
तर, पौडेलले कानुनी सल्लाहकारबाटै राजीनामा दिएपछि बालेनले गुरागाईंमाथि छानबिन गर्न नेपाल सरकारका पूर्वसचिव शंकर पाण्डेको संयोजकत्वमा अर्को समिति बनाए । समितिमा सहरी योजना आयोगका उपाध्यक्ष सुमननरसिंह राजभण्डारी र  महानगरपालिकाकै कानुनी सल्लाहकार महेश नेपाल सदस्य बने । उक्त समितिलाई एक महिनाको समयावधि तोकिएको थियो ।
 
तर, समितिलाई तोकिएको कार्य जिम्मेवारी (टीओआर) पूरा गर्न समय अपुग भयो । एकपटक दश दिनको समय थपियो । तर, पनि समितिले प्रतिवेदन बुझाउन नसकेर थप समय माग्यो । 

थप समय दिन महानगर प्रमुख बालेन असहमत भएपछि परिणामविनै समिति आफैँ खारेज भएको छ । 
 
मन्त्रालयले महानगरको छानबिन प्रतिवेदन माग गरेको थियो । तर, महानगरले प्रतिवेदन नबुझाएपछि मन्त्रालय अब के गर्ने भन्नेबारे छलफल चलिरहेको प्रवक्ता पराजुलीले बताए । 

बालेनले पुस २४ गते महानगरसँँग प्रमुख प्रशासकीय अधिकृत पठाइदिन भन्दै संघीय मामिला मन्त्रालयलाई पत्र पठाएका थिए ।
 
“काठमाडौं महानगरपालिकामा खटिई आउनुभएका प्रमुख प्रशासकीय अधिकृतका सम्बन्धमा छानबिन भइरहेको हुँदा हाल उहाँ बिदामा बस्नुभएकाले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ दफा ८४ बमोजिमको कामकाज गर्नका निम्ति प्रमुख प्रशासकीय अधिकृत खटाई पठाइदिनुहुन अनुरोध छ,” बालेनले मन्त्रालयलाई लेखेको पत्रमा उल्लेख छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन २२, २०८१  १२:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro