site stats
बाह्रखरी :: Baahrakhari
देश
पूर्वयुवराज पारस अस्पतालबाट डिस्चार्ज  

काठमाडौं । पूर्वयुवराज पारस शाह नर्भिक अस्पतालबाट डिस्चार्ज भएका छन् । हृदयघात भएपछि आइतबार साँझ अस्पताल भर्ना भएका उनलाई बिहीबार बिहान डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।

आइतबार दिउँसो साढे ४ बजे अस्पताल पुर्याइएका उनको मुटुको एन्जियोग्राम गर्दा मुटुको धमनी बन्द भएको पाइएको थियो । त्यसलगत्तै साहको कोरोनरी एन्जियोप्लाष्टी गरी स्टेन्ट प्रत्यारोपण गरिएको थियो ।

हाललाई स्वास्थ्य अवस्था सामान्य रहेको र एक सातापछि उनलाई ‘फलोअप’मा बोलाइएको शाहको उपचारमा संलग्न एक चिकित्सकले जानकारी दिए । शाहलाई योसहित चौथोपटक हृदयघात भएको हो । 

यसअघि उनलाई यसअघि सन् २००७, २०१३ र २०१९ मा पनि हृदयाघात भएको थियो ।

प्रकाशित मिति: बिहीबार, फागुन २२, २०८१  १२:०१
प्रतिक्रिया दिनुहोस्