site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्यान्ड फाइनलमा, उपाधि भिडन्त भारतसँग 
Tiktok banner adTiktok banner ad

काठमाडौं । दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकाविरुद्ध ५० रनको जित निकाल्दै न्युजिल्यान्ड आईसीसी च्याम्पियन्स ट्रफी २०२५ को फाइनलमा प्रवेश गरेको छ । 

बुधबार पाकिस्तानको लाहोरमा भएको खेलमा न्युजिल्यान्डले प्रस्तुत गरेको ३६३ रनको लक्ष्य पछ्याउने क्रममा दक्षिण अफ्रिकाले निर्धारित ५० ओभर नै ब्याटिङ गरे पनि नौ विकेट गुमाएर ३१२ रनमात्र बनाउन सक्यो । 

दक्षिण अफ्रिकाका डेविड मिलरले आक्रामक शतक बनाए पनि टिमको हार टार्न भने सकेनन् । उनले ६७ बलमा १० चौका र चार छक्कासहित अविजित १०० रन बनाए । 

यसबाहेक, रसी भान डेर डुसेनले ६९ रन थप्दा कप्तान टेम्बा बवुमाले ५६ रन जोडे । आइदेन मार्करमले ३१ र र्यान रिकेलटोनले १७ रन बनाए ।

न्युजिल्यान्डका मिचेल स्यान्टनरले तीन विकेट लिए । म्याट हेनरी र ग्लेन फिलिप्सले समान दुई विकेट लिँदा माइकल ब्रासवेल र रचिन रवीन्द्रको नाममा समान एक विकेट रह्यो । 

त्यसअघि टस जितेर ब्याटिङमा आएको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३६२ रनको योगफल खडा गरेको थियो । 

न्युजिल्यान्डका ओपनर रचिन रवीन्द्र र केन विलियम्सनले शतकीय इनिङ खेले । रवीन्द्रले १०१ बलमा १३ चौका र एक छक्कासहित १०८ रन बनाए । यस्तै, विलियम्सनले ९४ बलमा १० चौका र दुई छक्कासहित १०२ रन जोडे । 

यसबाहेक, डार्यल मिचेल र ग्लेन फिलिप्सले समान ४९ रन थपे । विल योङले २१ र माइकल ब्रासवेलले १६ रन बनाए । 

दक्षिण अफ्रिकाका लुंगी एन्गिडीले तीन विकेट लिए । कगिसो रबाडाले दुई विकेट लिँदा विन मुल्डरले एक विकेट हात पारे । 

जितसँगै फाइनलमा स्थान बनाएको न्युजिल्यान्डले उपाधिका निम्ति भारतसँग प्रतिस्पर्धा गर्नेछ । यसअघि भारतले पहिलो सेमिफाइनलमा अस्ट्रेलियाविरुद्ध चार विकेटको जित निकाल्दै फाइनल यात्रा तय गरेको थियो । प्रतियोगिताको फाइनल खेल आइतबार हुनेछ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन २२, २०८१  ०५:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro