site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
स्वास्थ्य सचिवमा डा. विकास देवकोटा नियुक्त

काठमाडौं । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवमा डा. विकास देवकोटालाई नियुक्त गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले देवकोटालाई स्वास्थ्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।

देवकोटा स्वास्थ्य सेवा विभागका महानिर्देशक हुन् । देवकोटाले स्वास्थ्य सेवामा २८ वर्ष अनुभव बटुलेका छन् । उनी २०५३ सालमा सेवा प्रवेश गरी २०७९ चैत १३ गते १२औँ तह अर्थात् अतिरिक्त सचिवमा बढुवा भएका थिए । 

कोरोनाकालमा मन्त्रालयको प्रवक्ताको जिम्मेवारी सम्हालेका उनी १२औँ तहमा बढुवा हुनुअघि लुम्बिनी प्रदेशको स्वास्थ्य सचिव थिए । २०८१ असोज ६ देखि उनी विभागको महानिर्देशकको जिम्मेवारीमा छन् ।

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन २१, २०८१  २२:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro