site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
पत्रकारको पास निलम्बनमा सांसदको प्रश्न– प्रधानमन्त्रीज्यू, हिटलर बन्दै हो ? 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिशिर खनालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘तपाईं हिटलर बन्दै हो ?’ भनेर प्रश्न गरेका छन् । बुधबार (फागुन २१) प्रतिनिधिसभा बैठकमा उनले असन्तुष्टि व्यक्त गरेका हुन् ।

प्रधानमन्त्रीलाई ‘तपाईं हिटलर हो ?’ भन्दै प्रश्न सोधेका आधारमा संघीय संसद् सचिवालयले दुई पत्रकारको प्रवेश पास निलम्बन गरेको थियो । त्यसको विरोधमा आवाज उठाउने क्रममा उनले सदनबाट त्यही प्रश्न दोहोर्‍याए ।

“प्रधानमन्त्रीलाई तपाईं हिटलर हो ? भन्दै प्रश्न सोधेका आधारमा संसद् सचिवालयले दुईजना पत्रकारको पास निलम्बन गरेछ,” सांसद खनालले भने, “केही दिनअगाडि यही सदनमा सत्तापक्षीय माननीयज्यूले निर्वाचन जितेर आएको मान्छे पनि हिटलर हुनसक्छ र भनेर प्रश्न गर्नुभएको थियो । संसद् सचिवालयलाई सचेत गराउनुभएको थियो । आज निलम्बनको खबर आयो ।”

उनले निलम्बनको घटनालाई संसद् सरकारको छाया बनेको रूपमा अर्थ्याए । उनले भने, “संसद् निरन्तर सत्ताको छाया बन्दै गएको छ ।”

उनले हिटलर बुझ्न जर्मनीको इतिहास पढ्न आग्रह गरे । निर्वाचनबाटै उदाएका एडोल्फ हिटलर पछि तानाशाह बनेको उनले बताए ।

“१९३० को जर्मनीको इतिहास पढ्नुहोला, हिटलर बन्दुकको नालबाट आएका थिएनन्, चुनावैबाट आएका थिए,” खनालले भने, “जति बेला उनी सरकारमा गए, त्यति बेला उनले लोकतान्त्रिक अधिकार कटौती गरेर निरंकुश बने ।”

उनले वर्तमान सरकार पनि त्यही दिशामा रहेको टिप्पणी गरे । “खुलामञ्चमा प्रधानमन्त्रीको विरोध गर्दा कि मान्छे कुटिन्छ कि जेल हालिन्छ,” उनले भने, “अब मेरो पनि प्रश्न– प्रधानमन्त्रीज्यू, तपाईं हिटलर बन्दै हो ?”

प्रकाशित मिति: बुधबार, फागुन २१, २०८१  १६:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro