काठमाडौं । चलचित्र ‘श्री बुकुरो : द होम कलिङ’को दोस्रो टिजर सार्वजनिक भएको छ । टिजरले एक परिवारको सम्बन्ध र त्यसमा आउने उतारचढावलाई पेस गरेको छ ।
टिजरले सिनेमाको कथावस्तुबारे जानकारी दिने प्रयास गरेको छ । टिजरमा समावेश दृश्यलाई रोचक ढंगले प्रस्तुत गरिएको छ ।
चलचित्रलाई सुदीप भुपाल सिंहले निर्देशन गरेका छन् । सिनेमाबाट निर्देशक सिंह सात वर्षपछि निर्देशन फर्किएका हुन् ।
‘श्री बुकुरो’ले सामाजिक पारिवारिक कथा भन्नेछ । यो सिनेमाको पोस्ट प्रोडक्सनको काम अन्तिम चरणमा रहेको छ । केही दिनमा प्रदर्शन मिति घोषणा गर्ने तयारी निर्माण टिमको छ ।
चलचित्रमा आशिर्वाद क्षेत्री, लक्ष्मी गिरी, निकिता आचार्य, प्रतिकराज आचार्य, रोशनी कार्की, राजन इशान, दीपिका थापा, लय संग्रौला, मोहन निरौलालगायत कलाकारको अभिनय छ ।
निर्देशक सिंह स्वयंको लेखन तथा रुबी सेन सिंहको निर्माण रहेको छ । सञ्जय लामा र राजेश श्रेष्ठले छायांकन छ ।