site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आईटीबी बर्लिन–२०२५ मा नेपाल पभेलियन स्थापना

काठमाडौं । नेपाल पर्यटन बोर्डले जर्मनीको बर्लिनमा सुरु भएको आईटीबी बर्लिन–२०२५ मा नेपाल पभेलियन स्थापना गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले मंगलबार नेपाल पभेलियनको उद्घाटन गरेका छन् । 

नेपाललाई विश्वभरका पर्यटकहरूको आकर्षणको केन्द्र बनाउन नेपाल पर्यटन बोर्डले २८ प्रतिष्ठित पर्यटन व्यवसायीलाई यस मञ्चमा सहभागी गराएको छ । जसमा साहसिक पर्यटन, सांस्कृतिक अन्वेषण, पदयात्रा तथा ‘प्रिमियम’ आतिथ्य सेवा समावेश छन् । 

मन्त्री पाण्डेले उद्घाटन समारोहमा नेपालका अद्वितीय पर्यटकीय सम्भावनाको चर्चा गर्दै नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय स्तरमा प्रचार र प्रवर्द्धन गर्ने प्रतिबद्धता व्यक्त गरे । 

समारोहमा जर्मनीका लागि नेपाली राजदूत डा. शैल रुपाखेती र नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीलगायत नेपाल र विभिन्न देशका पर्यटन व्यवसायीको उपस्थिति थियो।

नेपाल पभेलियनमा नेपालको अद्वितीय प्राकृतिक सौन्दर्य, साहसिक पर्यटन, सांस्कृतिक धरोहर र अन्य प्रमुख पर्यटन गन्तव्य प्रस्तुत गरिनेछन् । आईटीबी बर्लिन–२०२५ लाई नेपालको दिगो पर्यटन प्रतिबद्धता र प्रबर्द्धनका लागि उपयुक्त अवसरका रूपमा प्रयोग गर्नुपर्ने मन्त्री पाण्डेले बताए । 

आईटीबी बर्लिनजस्तो प्रमुख अन्तर्राष्ट्रिय मञ्‍चमा नेपाली कम्पनीहरूको सहभागिताले नेपालका पर्यटकीय आकर्षणलाई प्रवर्द्धन गर्ने एउटा सुनौलो अवसर हुने विश्‍वास बोर्डका सीईओ जोशीले व्यक्त गरे । 

यो कार्यक्रम नेपालका विविध पर्यटन क्षेत्रहरूलाई प्रवर्द्धन गर्नका साथै, अन्तर्राष्ट्रिय पर्यटन उद्योगसँग साझेदारी गर्ने र नयाँ बजारमा नेपालको पहिचानलाई थप सशक्त बनाउन सहयोगी हुने अपेक्षा गरिएको छ । 

यसले नेपालको पर्यटन व्यवसायलाई अन्तर्राष्ट्रिय बजारमा नयाँ सम्भावनाहरूको खोजी गर्ने र नेपाललाई विश्वभरका पर्यटकसमक्ष प्राथमिक गन्तव्यको रूपमा प्रस्तुत गर्ने बोर्डको अपेक्षा छ । 

सन् १९९६ बाट सुरु भएको आईटीबी बर्लिन विश्वको प्रमुख यात्रा व्यापार मेला हो र यस वर्ष १८० भन्दा बढी देशबाट १० हजारभन्दा बढी पर्यटन व्यवसायीको सहभागिता रहनेछ । 

नेपालले यस मञ्चलाई आफ्नो हिमालमा ट्रेकिङ, सांस्कृतिक अन्वेषण र साहसिक पर्यटनका विशेष अनुभवलाई विश्वभर चिनाउनको लागि निरन्तर सक्रिय रूपमा प्रयोग गर्दै आएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, फागुन २०, २०८१  २२:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro