site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
'केन्द्रले हेर्नुपर्नेमा जिल्ला हस्तक्षेपले मोरङ क्याम्पसमा झडप'

विराटनगर । महेन्द्र मोरङ क्याम्पस विराटनगरका स्ववियु सभापति तथा नेविसंघका नेता जशवन्त पौडेलले केन्द्रले हेर्नुपर्ने आंगिक क्याम्पसमा जिल्लाले हस्तक्षेप गर्दा झडपको अवस्था सिर्जना भएको बताएका छन् ।

नेपाली कांग्रेस मोरङको सभाहलमा जिल्ला पार्टीका कार्यवाहक सभापति भक्तिनाथ माझी र अन्य नेताको उपस्थितिमा भएको छलफलमा मोरङ क्याम्पस केन्द्रले हेर्नुपर्ने प्रावधान भए पनि जिल्लाले हस्तक्षेप गरेको दाबी गरे । "त्यहाँ बन्चरो ताकिएको थिएन, फूल गोड्ने खुँडो थियो, बन्चरो वा अरू हतियारले हानेको होइन," उनले भने, "महेन्द्र मोरङ केन्द्रीय क्याम्पस भएकोले जिल्लाले कुनै हस्तक्षेप गर्न पाउँदैन ।"

Argakhachi Cement Island Ad

उनले नेविसंघका जिल्ला सभापति सरोज पोखरेल गई इकाइ गठनको काम एकपक्षीय ढंगले गर्न खोजेपछि विवाद बढेको बताए । "उहाँहरूले सुरु गर्नुभएको हो । समूहगत लडाइँमा परिणत गर्नु भएको छ," उनले भने ।

जिल्ला सभापतिलाई महेन्द्र मोरङ आउन कहिल्यै निषेध नगरिएको बताए । विद्यार्थीको नाम टिप्दै गर्दा नेविसंघका प्रतिनिधि पुग्दा पहिले हातपात भएको दाबी गरे ‌। परिस्थिति निर्माण भएपछि आफूहरूले पनि नयाँ जिल्ला कार्यसमिति निर्माण गरिदिएको पौडेलले बताए । 

मोरङमा नेविसंघको संस्थापन र कोइराला समूहबीच विवाद बढेको छ ।

प्रकाशित मिति: मंगलबार, फागुन २०, २०८१  १९:२७
प्रतिक्रिया दिनुहोस्