site stats
बाह्रखरी :: Baahrakhari
कला
‘सर्माइ भागेर’मा ‘दर्पण छाया–२’को जोडी

काठमाडौं । नेपाली कथानक चलचित्र ‘दर्पण छाया–२’ मा देखिएका अभिनेता पुष्प खड्का र अभिनेत्री सहारा कार्कीको जोडी पुनः एकपटक देखिएको छ । यो अनसिक्रन जोडी यो पटक भने म्युजिक भिडियोमा देखिएको हो । 

गायक भुवन श्रेष्ठ र मेलिना राईको स्वर रहेको गीत ‘सर्माइ भागेर’को म्युजिक भिडियोमा यो जोडीलाई निर्देशक फिरोज तिमिल्सेनाले एकसाथ प्रस्तुत गरेका छन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले गीत निकै कर्णप्रिय रहेको दाबी गर्दै भिडियो पनि सक्दो मिहिनेत गरेर तयार गरेको बताए । 

अभिनेत्री कार्कीले अभिनयलाई म्युजिक भिडियो र चलचित्रमार्फत निरन्तरता दिने बताइन् । भिडियोमा अर्जुन तिवारीले छायांकन, विकास दाहालले सम्पादन र राजेन्द्र मोक्तानको रङग संयोजन रहेको छ ।  

प्रकाशित मिति: मंगलबार, फागुन २०, २०८१  १५:१७
प्रतिक्रिया दिनुहोस्