site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
के हो दुर्गेश थापा र ज्योति मगरको विवाद ? दुर्गेशले दिए यस्तो चेतावनी ?
Tiktok banner adTiktok banner ad

काठमाडौं । दुर्गेश थापा र ज्योति मगर आमनेसामने भएका छन् । तुलसीपुर महोत्सवलाई लिएर उनीहरूबीच जुवारी नै चलेको छ ।

दुर्गेश महोत्सवमा नगएपछि ज्योति मगरले उनलाई व्यंग्य गर्दै आज हेलिकोप्टर पनि उडेन कि क्या हो भन्दै फेसबुकमा लेखेकी थिइन् । त्यसको जवाफ दुर्गेशले फेसबुकबाटै फर्काएका छन् । 

उनले महोत्सवबाट आफ्नो नाम हटाउने राजनीति गर्दैगर्दा आफूले आफ्नो ब्रान्ड बनाउँदै जाने बताएका छन् । कलाकार भएर राजनीति नगर्न पनि उनले सुझाएका छन् । 

कार्यक्रम हुन नदिने खबर आएपछि आफू फर्किएको भन्दै दुर्गेशले फेसबुकमा लेखेका छन् । दर्शकको माया पाएसम्म कसैले नाम काट्दैमा केही नहुने पनि प्रष्ट पारेका छन् । आफ्नो लोकप्रियता देखेर जल्नेहरूले यस्तो गरेको उनको भनाइ छ । 

“नेपालका मेलाहरूमा मेरो नाम काट्न लागिपरेका आदरणीय दिदी तथा मित्रहरू । हजुरहरू मेरो नाम काट्दै जानुस्, म मेरो नामको ब्रान्ड बनाउँदै जान्छु,” उनले लेखेका छन्, “दर्शकको अपार माया, हजारौँको भीड, अनगिन्ती अवसरहरू, यी सबै देखेर जल्नेहरू जल्दै रहुन् ।”

महोत्सव हुन नदिने खबर फैलिएकाले महोत्सव स्थलसम्म पुगेर आफू फर्किएको पनि उनले प्रष्ट पारेका छन् । 

केही कलाकारहरूको स्वार्थी सोच, राजनीतिक चलखेल र नियोजित रणनीतिले आफूलाई रोक्ने प्रयास गरेको उनले बताएका छन् ।

यो घटनाले केही व्यक्तिहरू कलाकारिताभन्दा बढी राजनीतिक स्वार्थमा लिप्त रहेको फेरि प्रष्ट भएको बताएका छन् । “कोही कलाकारले हेलिकोप्टर उड्यो कि उडेन भनेर लेख्न भ्याउनु भएछ,” उनले लेखेका छन्, “उहाँलाई मेरो बधाई ! मेरो कार्यक्रम रोक्न सफल हुनुभयो । हजुरको रणनीति साँच्चै गज्जबको रहेछ ।”

कार्यक्रम रोक्न सफल भए पनि दर्शकको माया रोक्न कसैले नसक्ने उनले बताएका छन् ।

आफूलाई कार्यक्रममा रोक्न सफल भए पनि दाङका दर्शकको आफ्ना लागि गरेको माया रोक्न नसक्ने उनले बताउ । 

“मलाई हेलिकोप्टर चढ्ने या देखाउने रहर छैन । मेरो मात्र एउटा रहर छ, नेपालका हरेक कुनामा पुगेर आफ्ना दर्शकसँग भेट्नु, माया साट्नु र आफ्नो प्रस्तुति दिनु,” उनी लेख्छन्, “नेपालका मेलाहरूमा मेरो नाम काट्न लागिपरेका आदरणीय दिदी तथा मित्रहरू, हजुरहरू मेरो नाम काट्दै जानुस्, म मेरो नामको ब्रान्ड बनाउँदै जान्छु ।”

दर्शकको अपार माया, हजारौंको भीड, अनगिन्ती अवसरहरू देखेर जल्नेहरू जल्दै गरे पनि दर्शकको साथ रहेसम्म आफूलाई कसैले हल्लाउन नसक्ने उनले बताएका छन् ।

दुस्मनहरूलाई एक मात्र जवाफ भन्दै उनले लेखेका छन्, “दुर्गेश थापा नाम हैन ब्रान्ड हो ।”

दुई दिनअघि ज्योतिले फेसबुकमा दुर्गेश हेलिकोप्टर चढेर हिँड्ने गरेको भन्दै व्यंग्य गरेकी थिइन् । “आज दाङको तुलसीपुर महोत्सवमा चर्चित कलाकार दुर्गेश थापा भाइको हेलिकोप्टर उड्यो कि उडेन ?” उनले लेखेकी थिइन्, “हल्लाखल्ला सुनिएन त । कतै कमेन्टमा खबर गरौँ न दंगाली सञ्चारमाध्यमहरू । दुस्मन हेरेको हेरै होइन दुस्मन पर्खेको पर्खै थिय रे भन्ने हल्ला पो आयो त कता कता ।”

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन २०, २०८१  ०७:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro