site stats
बाह्रखरी :: Baahrakhari
कला
वर्ल्ड युथ फेस्टिबलको ‘थिम सङ’ को रेकर्डिङ

काठमाडौं । वर्ल्ड युथ फेस्टिबल २०२५ नेपालको ‘थिम सङ’ रेकर्ड भएको छ । सोमबार काठमाडौंको सामाखुसीस्थित एमबी म्युजिक रेकर्डिङ स्टुडियोमा यो गीत रेकर्ड गरिएको हो ।

दयाराम पाण्डेको शब्द रचना, सुरेश अधिकारीको संगीत र विपिन आचार्यको संगीत संयोजन रहेको उक्त गीतमा प्रथम नेपाली तारा दीपक लिम्बु र माण्डवी त्रिपाठीको स्वर रहेको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

जिल्ला समन्वय समिति काभ्रेको आयोजनामा आगामी चैत १४ देखि १८ सम्म धुलिखेलमा आयोजना हुने फेस्टिबलको प्रचार प्रसारको उद्देश्यले गीत रेकर्ड गरिएको आयोजकले जनाएको छ ।

‘हामीले नगरे कसले गर्ने
अहिले नगरे कहिले गर्ने 
आउनुहोस् भेला हौँ, छलफल गरौँ, हामी जाऔँ धुलिखेल’
भन्ने शब्दका साथ गीत तयार पारिएको छ ।
 

प्रकाशित मिति: सोमबार, फागुन १९, २०८१  १७:३९
प्रतिक्रिया दिनुहोस्