-1741002657.jpeg)
काठमाडौं । ब्राजिलियन डीजे एलोकले एलओडी क्लबमा आफ्नो सांगीतिक प्रस्तुति दिने भएका छन् । शुक्रबार अर्थात् मार्च ७ मा ठमेलस्थित एलओडी क्लबमा उनले आफ्नो प्रस्तुति दिने भएका हुन् ।
उनी विश्वकै उत्कृष्ट डिजे र्यांकिङको चौथो नम्बरमा परेका कलाकार हुन् । विश्वभरमा सयजना उत्कृष्ट डिजे रहने गरेका छन् ।
क्लबले सो दिनको टिकट मूल्य २ हजार र ३ हजार रुपैयाँ राखेको क्लबका निर्देशक भुपेन कुँवरले जानकारी दिए । डान्स फ्लोरको २ हजार र भीआईपीको ३ हजार रुपैयाँ राखिएको छ । क्लबले अर्ली अग्रिम टिकट बिक्री भइसकेको जनाएको छ । दर्शकले खल्ती एपबाट टिकट खरिद गर्न सक्नेछन् ।
क्लबले सोही दिन विभिन्न प्याकेजमा टेबल बिक्री गर्ने भएको छ । टेबल प्याकेज ३० हजारदेखि डेढ लाख रुपैयाँसम्मको मूल्य तय गरेको छ ।
यसअघि पनि एलओडीमा बलिउडका नेहा कक्कर, अर्मान मल्लिक र इन्डियन आइडल पवनदीपलगायत कलाकारले प्रस्तुति दिइसकेका छन् । त्यसैगरी, टिम्मी ट्रम्पेट, टोपिक, स्टेबिन बेन, ज्योतिका टंगारीलगायत कलाकारले समेत प्रस्तुति दिइसकेका छन् ।
एलओडी क्लब ‘लर्ड अफ द ड्रिंक्स’ विश्वकै उत्कृष्ट क्लबमध्ये ४९, ५२ र ५०औँ स्थानमा परिसकेको क्लब हो । युकेस्थित डिजे म्यागले सन् २०२४ का लागि सय उत्कृष्ट क्लब क्याम्पियनमा एलओडी क्लबलाई ५०औँ स्थानमा राखेको हो । सन् २०२५का लागि पनि क्लब मनोनयनमा परिसकेको छ ।