site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
ओस्कर अवार्ड : कुन चलचित्र उत्कृष्ट, कुन विधामा कुनले जित्यो अवार्ड ?

काठमाडौं । अमेरिकाको लस एन्जलसमा ओस्कर अवार्ड समारोह सम्पन्न भएको छ । यस वर्षको अवार्डमा एक यौनकर्मीको कथामा आधारित ‘अनोरा’ले अन्य चलचित्रलाई पछि पारेको छ । यसले पाँच विधामा अवार्ड पाएको छ । 

उत्कृष्ट चलचित्र, उत्कृष्ट निर्देशक र उत्कृष्ट अभिनेत्रीको अवार्ड यो चलचित्रले जित्यो । यस वर्षको ओस्करमा, एन्ड्रिअन ब्रोडीले द ब्रुटलिस्टमा उनको अभिनयको लागि सर्वश्रेष्ठ अभिनेताको पुरस्कार जिते ।

‘द ब्रुटलिस्ट’ले उत्कृष्ट सिनेम्याटोग्राफीको ओस्कर अवार्ड जितेको छ । यो पुरस्कार बेलायतका लाल क्राउलीलाई प्रदान गरिएको छ ।

जोई साल्दानाले ओस्करमा उत्कृष्ट सहायक अभिनेत्रीको अवार्ड जितेकी छिन् । जोई साल्दानाको यो पहिलो ओस्कर अवार्ड हो ।

उनले ‘एमिलिया पेरेज’मा उत्कृष्ट अभिनयका लागि यो पुरस्कार पाएकी हुन् । ओस्कार अवार्ड प्राप्त गरेपछि जोय साल्दानाको आँखामा आँसु थियो र उनी रोइरहेकी देखिन्थिन् ।

“म यो पुरस्कार जित्ने पहिलो डोमिनिकन–अमेरिकी हुँ, र मलाई थाहा छ कि म अन्तिम हुनेछैन,” उनले भनिन् ।

ब्राजिलियन फिल्म ‘आई एम स्टिल हियर’ले बेस्ट इन्टरनेसनल फिचरको अवार्ड जितेको छ ।

यो चलचित्र ब्राजिलका राजनीतिज्ञ रुबेन्स पाइवाको वास्तविक जीवनमा आधारित छ । 

‘ड्युन–२’ले यस समारोहमा दुई ओस्कर पुरस्कार प्राप्त गरेको छ । यसले पहिले बेस्ट साउन्डको विधामा ओस्कर र त्यसपछि बेस्ट भिजुअल इफेक्ट्स अवार्ड प्राप्त गरेको छ । बीबीसी
 

प्रकाशित मिति: सोमबार, फागुन १९, २०८१  १०:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro