site stats
बाह्रखरी :: Baahrakhari
विदेश
सुरुङमा फसेका मानिसबारे मुख्यमन्त्री रेड्डीले के भने ?

काठमाडौं । तेलंगानाका मुख्यमन्त्री रेवन्त रेड्डीले सुरुङमा फसेका मानिसहरूबारे प्रतिक्रिया दिएका छन् । 

तेलंगानाको श्रीशैलम बायाँ किनार नहरको छानाको एक भाग फेब्रुअरी २२ मा भत्किएको थियो । उक्त दुर्घटनामा आठजना फसेका थिए । राज्यका मुख्यमन्त्री रेवन्त रेड्डीले यी व्यक्तिहरूको बारेमा बोलेका छन् । 

Argakhachi Cement Island Ad

समाचार एजेन्सी पीटीआईका अनुसार उनले भने, “एसएलबीसी सुरुङमा फसेका मानिसहरूको स्थान अझै पत्ता लागेको छैन ।”

रेड्डीले तेलंगना सरकार एसएलबीसी सुरुङ दुर्घटनाको समस्या समाधान गर्न प्रतिबद्ध रहेको र आवश्यक परे उद्धारमा रोबोट प्रयोग गर्न तयार रहेको बताएका छन् । 

फेब्रुअरी २२ मा श्रीशैलम बायाँ किनार नहर वा एसएलबीसी सुरुङको छानाको एक भाग भत्किँदा आठजना फसेका थिए । फसेका व्यक्तिहरूको उद्धार कार्य जारी छ ।

तेलंगाना राज्य सरकारका मन्त्रीले भने, “निर्माणाधीन एसएलबीसी सुरुङमा कोही पनि बाँच्ने सम्भावना छैन ।” बीबीसी 

प्रकाशित मिति: सोमबार, फागुन १९, २०८१  ०७:१२
प्रतिक्रिया दिनुहोस्