
काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट फेब्रुअरीमा ११५ उडान अवतरण भएको छ । यात्रु अवतरणमार्फत ६ हजार ७७९ यात्रुले आवागमन गरेका छन् । नोभेम्बर २०२४ बाट उडान भएयता फेब्रुअरीको यात्रु आवागमन हालसम्मकै धेरै हो ।
यसमध्ये दुई हजार ४०३ फ्लाई दुबई, तीन हजार २६५ जजिरा, एक हजार ९७ थाई एयर एसिया, एक नेपाल एयरलाइन्स र १३ चार्टर उडानमार्फत भएका हुन् । उक्त उडानहरूमा २११ विदेशी यात्रु थिए । त्रिभुवन विमानस्थलसँग जोडिएर उडान गर्ने नेपाल एयरलाइन्स र फ्लाई दुबईमा चार हजार ४० ट्रान्जिट यात्रुहरूले यात्रा गरेका गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल महाप्रबन्धक प्रताप तिवारीले जानकारी दिए ।
जनवरी २०२५ मा एक हजार ३६५, डिसेम्बर २०२४ मा तीन हजार ८७८ र नोभेम्बर २०२४ मा चार हजार २७९ यात्रुले आवागमन गरेका थिए ।