site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राष्ट्रियसभाबाट शोक प्रस्ताव पारित

काठमाडौं । संविधानसभा सदस्य विदुरप्रसाद सापकोटाको निधनमा राष्ट्रियसभाले शोक प्रस्ताव पारित गरेको छ । राष्ट्रियसभाको आइतबारको बैठकले स्व. सापकोटाप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोक प्रस्ताव पारित गरिएको हो । राष्ट्रियसभाका सदस्यहरूले शोक प्रकट गर्दै एक मिनेट मौनधारणा गरेका थिए ।

विसं २०२३ भदौ १५ गते मन्दनदेउपुर नगरापालिका–७, नौबिसे काभ्रेमा जन्मिएका सोपकोटाको ५९ वर्षको उमेरमा यही फागुन ८ गते निधन भएको थियो । हाल नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)मा आबद्ध स्व. सापकोटा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट २०७० सालको संविधानसभा निर्वाचनमा काभ्रे जिल्ला निर्वाचन क्षेत्र नं ४ बाट निर्वाचित भएका थिए ।

राष्ट्रियसभाको अर्को बैठक यही फागुन २२ गते बिहीबार अपराह्न १ बजेर १५ मिनेटमा बस्ने भएको छ ।

 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन १८, २०८१  २०:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro